images
images
images

नेप्से परिसूचक २.४१ अंकले बढ्यो, ११ अर्ब ८७ करोडको कारोबार

images

काठमाडौँ । सेयर कारोबार मापक नेप्से परिसूचक २.४१ अंकले बढेको छ । आज शून्य दशमलव शून्य ८ प्रतिशतले बढेर २७३० विन्दुमा कारोबार बन्द भएको छ । सोमबार कुल ९७ कम्पनीको सेयर मूल्य बढ्यो भने १३७ कम्पनीको मूल्य घट्यो । आज ८ कम्पनीको मूल्य स्थिर रहेको छ ।

आज कारोबार खुलेको एक घण्टामै तीन अर्ब ५५ करोड ३६ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएकाे थियो । यो अवधिमा ६९ लाख ७१ हजार ५६५ कित्ता सेयर किनबेच भएकामा १८३ कम्पनीको सेयर मूल्य बढेको थियो ।

images
images

साेमबार कुल १ लाख ११ हजार ९१८ पटकको सेयर किनबेचबाट ११ अर्ब ८७ करोड ५९ लाख रुपैयाँको कारोबार भएको छ । आज २ करोड ३७ लाख ७० हजार ३४८ कित्ता सेयर किनबेच भए । कुल १३ उपसमूहमध्ये ७ वटा उपसमूहको मूल्य बढेको छ भने ६ वटा उपसमूहको घटेको छ ।

 

 

images
images

प्रतिक्रिया दिनुहोस्