images
images
images

नेपाल टेलिकमको कुल आय ४२ अर्व ११ करोड, मुनाफा मात्रै ६ अर्व बढी

images

काठमाडौँ । नेपाल टेलिकम (नेपाल दुरसञ्चार कम्पनी लिमिटेड) ले आर्थिक वर्ष २०८०/८१ मा ६ अर्ब २३ करोड रुपैयाँ नाफा कमाएको छ ।

मंगलबार कम्पनीको २१ औं वार्षिकोत्सव समारोहमा टेलीकमकी प्रवन्ध निर्देशक संगिता पहाडिले कम्पनीको आर्थिक तथा वित्तीय विवरण सार्वजनिक गरिन । उक्त विवरण नियाल्दा आर्थिक वर्ष २०८०/८१ मा कम्पनीको कुल आय ४२ अर्व ११ करोड रहेको छ । यस्तै कम्पनीले खुद मुनाफा ६ अर्ब २३ करोड रुपैयाँ गरेको छ । जुन अघिल्लो आव को तुलामा केही कम रहेको छ । हाल अर्थतन्त्रका सूचकाङ्क नकारात्मक रहेको अवस्थामा पनि कम्पनीले ६ अर्ब बढी मुनाफा आर्जन गरेको छ । यसैगरी चालु आर्थिक वर्षको पौष मसान्तसम्म कम्पनीले करीब २० अर्व १२ करोड आर्जन गरिसकेको छ ।

images
images

देशको समग्र अर्थतन्त्रमा कम्पनीको योगदान उल्लेखनीय छ। आ.व.०७९/८० मा कम्पनीले कर तथा शुल्क, दस्तुर, लाभांश, ग्रामीण दूरसञ्चार विकास कोष र रोयल्टी एवं स्रोतमा कट्टीकर वापत आफ्नो कूल आयको ६४.३ प्रतिशत अर्थात् २८ अर्ब ४६ करोड सरकारी कोषमा योगदान पुर्याएको थियो । तर, समीक्षा अवधिमा आ.व. ०८०।८१ मा कुल ४१ अर्व ५९ करोडको योगदान पुर्याएको थियो भने चालु आर्थिक वर्षको पौष मसान्तसम्म कम्पनीले १० अर्व ८१ करोडभन्दा बढी योगदान गरिसकेको छ ।

वार्षिकोत्सव अवसरमा टेलीकमकी प्रवन्ध निर्देशक संगिता महाडिले दुई दशक लामो यात्रामा टेलिकमले नेपाली समाजको विकास र समुन्नतिमा पुर्याएको योगदान उल्लेखनीय रहेको बताइन । उनले कम्पनीको सफलताले प्रेरणा मिलेको र आगामी दिनमा सेवाग्राही प्रति अझ जिम्मेवारी र जवाफदेही बनाउदै कम्पनीलाई अघि लाने बताइन । प्रवन्ध निर्देशक पहाडिले प्रतिस्पर्धात्मक बजार र तीब्रदरमा परिवर्तित प्रविधिका कारण बजारमा कम्पनीको स्थायित्व र सवलीकरणमा चुनौति बन्न सक्ने औंल्याउँदै संभावित चुनौतिहरुलाई अवसरमा रुपान्तरण गर्न आफू लाग्ने बताइन ।

‘समसामयिक परिस्थिति प्रतिस्पर्धात्मक बजार र तीब्रदरमा परिवर्तित प्रविधि बजार कम्पनीको स्थायित्व र सवलीकरणमा चुनौति बन्न सक्दछन । कर्मचारी साथीहरुको लगनशीलता त्याग र समर्पण मन्त्रीज्यूको मार्गदर्शन र कर्मचारी युनियनहरुको सुझबुझपूर्ण र जिम्मेवार पूर्ण व्यवस्थापकीय जवाफदेहिता साथै सेवाग्राहीरुको अटुट माया ममता र विश्वासले हामीलाई थप सुदृढ गराउँदै लाने छ । संभावित चुनौतिहरुलाई अवसरमा रुपान्तरण गर्न सकिने विश्वास लिएकी छु। कम्पनीको यात्रामा ग्राहकवर्गको अटुट विश्वास, कम्पनीका सम्पूर्ण कर्मचारीहरूको जिम्मेवारीबोध र उत्कृष्ट कार्यसम्पादन, सञ्चालक समिति तथा नियामक निकायहरूको मार्गदर्शनको परिणाम नै आज दूरसञ्चार सेवाको क्षेत्रमा भएको उपलब्धि हो, उनले भनिन् ।

कम्पनीको साधारण सभा सम्पन्न गरेर शेयर धनी सदस्यहरुलाई समयमा नै लाभांश समेत भुक्तानी गरिसकेको छ ।

 

 

 

images
images

प्रतिक्रिया दिनुहोस्