images
images
images

घरेलु टोली नेपालको लगातार चौथो हार

images

काठमाडौँ ।  नेपाल महिला टी–२० अन्तर्राष्ट्रिय त्रिकोणात्मक सिरिजमा नेपाली टोली थाइल्याण्डसँग ५ रनले पराजित भएको छ।

मंगलबार टस जितेर पहिले ब्याटिङ गरेको थाइल्यान्डले ६ विकेटको क्षतिमा जम्मा १०६ रनको योगफल बानाएको थियो । थाइल्याण्डका लागि चनिदा सुथिराङले अविजित २७ तथा थिपाथ्चा पूथावोङले अविजित २५ रन बनाए । नानपत कोन्चारोन्काइले १९ रन बनाइन् । नेपालका लागि मनिषा उपाध्यायले ३ विकेट लिइन्। रचना चौधरीले १ विकेट लिँदा पूजा महतोले पनि १ विकेट लिइन्।

images
images

१०७ रनको लक्ष्य पछ्याएको नेपालले ८ विकेट गुमाएर जम्मा १०१ रनमा समेटियो । महिला टी–२० अन्तर्राष्ट्रिय सिरिजमा घरेलु टिमको यो लगातार चौथो पराजय हो । नेपाल, नेदरल्यान्ड्स र थाइल्यान्डबीच कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी सिरिजमा नेपालले लगातार चौथो खेल गुमाएसँगै अंक बिहिन बनेको छ । अब नेपालले दुई खेल खेल्ने छ । बाँकी दुवै खेल जितेपनि उपाधिका लागि त्यो पर्याप्त हुनेछैन ।

यो सँगै थाइल्याण्ड उपाधि होडमा बलियो देखिएको छ ।

 

images
images

प्रतिक्रिया दिनुहोस्