काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ‘किमाथाङका अरूण जलविद्युत् आयोजना’ र ‘मुगु कर्णाली जलाशययुक्त जलविद्युत् आयोजना’बारे वित्तीय लगानी आह्वानको आशयपत्र पेस गर्ने सम्बन्धमा एउटा मात्रै आवदेन परेका कारण स्थगित गर्नुपर्नेको स्पष्ट पारेका छन् ।
उक्त दुई आयोजना सम्बन्धमा प्रतिनिधिसभा, पूर्वाधार विकास समितिमा परेको उजुरीको सवालमा आज जवाफ दिँदै मन्त्री खड्काले गलत नियतले सूचना प्रकान गरी रद्ध गरिएको नभइ एउटा मात्रै आवेदन परेका कारण रद्ध गर्नुपरेको बताए । सरकारको स्वामित्वको ‘विद्युत् उत्पादन कम्पनी’ ले मङ्सिर २३ गते ‘किमाथाङका अरूण जलविद्युत् आयोजना अर्धजलाशयुक्त चार सय ५४ मेगावाट’ र ‘मुगु कर्णाली जलासययुक्त जलविद्युत आयोजना एक हजार नौ सय दुई मेगावाट’ को लागि सार्वजनिक निजी साझेदारी ढाँचामा लगानीको आह्वान गरेको थियो ।
कम्पनीको प्रबन्धपत्र, २०७३ अनुसार जारी गरिएको आयोजना निर्माणका लागि लागनी साझेदारी गर्नेसम्बन्धी कार्यविधि २०८१ जलविद्युत् क्षेत्रका विज्ञहरूका अनुसार कम लागतको र व्यावसायिक रूपमा आकर्षक योजना सेटिङको आधारमा दिने गरी अगाडि बढाइएको भन्दै ललिन्द्र राईले समितिमा उजुरी गरेका थिए ।
कम्पनीले मुख्य सरोकारित पक्ष ‘नेपाल विद्युत् प्राधिकरण’, ‘कर्मचारी सञ्चयकोष’ र ‘नागरिक लगानी कोष’ सँग कुनै समन्वय नगरी सूचना प्रकाशन गरिएको भन्दै उजुरकर्ता राईले उजुरीको टुङ्गो नलागेसम्म वित्तीय लगानी आह्वानको आशयपत्र पेस गर्नेसम्बन्धी सूचनाको सम्पूर्ण कारबाही स्थगित गर्न माग गरेका थिए ।
जनताको गुनासो सम्बोधन गर्नका लागि नेपाल विद्युत् प्राधिकरणमा आफ्नो कार्यकक्षको व्यवस्था गर्नुपरेको भनाइ मन्त्री खड्काको छ । लागानी साझेदारी गर्नेसम्बन्धी कार्यविधि २०८१ लाई आवश्यक संशोधन गरी पुनः सूचना प्रकाशन गर्ने मन्त्री खड्काले समितिमा बताए। बैठकमा पूर्व ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले ‘अध्ययन र अनुसन्धान नगरी किमाथाङ्का अरूण जलविद्युत् आयोजना र मुगु कर्णाली जलाशययुक्त जलविद्युत् आयोजनाबारे किन सूचना प्रकाशन गरियो र किन रद्ध गरियो भनी प्रश्न गरे ।
यसैगरी, पूर्व ऊर्जामन्त्री गोर्कण विष्टले ‘अध्ययन र अनुसन्धान नगरी किमाथाङका अरूण जलविद्युत् आयोजना र मुगु कर्णाली जलाशययुक्त जलविद्युत् आयोजनाबारे विद्युत् लगानीकर्तालाई जानकारी नदिइ किन सूचना प्रकाशन गरिएको ?’ भनि विष्टले प्रश्न गरे ।
समितिका सदस्य प्रकाश ज्वाला, माधव सापकोटा, ठाकुर गैरे, प्रतिमा गौतम, सीता गुरूङ, सुशीला श्रेष्ठ, महेश बस्नेत, प्रेमबहादुर महर्जन, दयालबहादुर शाही, निसा डाँगी र उर्मिला माझीले विस्तृत रूपमा अध्ययन र अनुसन्धान गरेर त्योसँग जोडिएका ऐन र कानुनको आधारमा मात्रै ‘किमाथाङका अरूण जलविद्युत् आयोजना’ र ‘मुगु कर्णाली जलाशययुक्त जलविद्युत् आयोजना’सम्बन्धी लगानीको आह्वान गर्न ऊर्जा मन्त्रालयलाई सुझाव दिएका छन् ।



हुलाकी पाटी 














प्रतिक्रिया दिनुहोस्