images
images
images

बालबालिकाको चौतर्फी विकासमा चित्रकला र संगीत महत्वपूर्ण : बालेन

images

काठमाडौं। काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले बाल सिर्जनाका कार्यक्रमलाई महानगरपालिकाले प्राथमिकता दिएको बताएका छन् ।

सबै बालबालिकाभित्र कुनै न कुनै विलक्षण र विशेष क्षमता हुन्छ भन्दै शाहले त्यो क्षमता पहिचान गराउन विद्यालय स्तरका बालबालिका लक्षित चित्रकला, संगीत र साहित्यिक कार्यक्रमले उनीहरुको चौतर्फी विकासमा योगदान पुग्ने धारण राखे ।
सिकाइका यी विधाहरु महत्वपूर्ण हुने भनाइ उनको छ ।

images
images

उनले भने, ‘कक्षा कोठाभन्दा बाहिर आयोजना गरिने कार्यक्रमले बालबालिकाको शारीरिक, मानसिक, चारित्रिक तथा सामाजिक विकासमा प्रभावकारी भूमिका खेल्छन् ।’

राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर आज वडा नम्बर २७ ले रानीपोखरी परिसरमा आयोजना गरेको ‘पि. एल. सिंह स्मृति चित्रकला प्रतियोगिता’ को उद्घाटन गर्दै शाहले त्यसलाई प्रर्दशनीको संज्ञा दिए । उनले भने, ‘यो प्रतियोगिता नभइ प्रदर्शनी जस्तो हो । यसमा सबै बालबालिकाको समान सहभागिता हुन्छ । सबैले समान प्राप्तिको महसुस गर्छन् ।’
महानगरपालिकाका पहिलो प्रमुख पि. एल.स्वर्गीय सिंहलाई शाहले स्थानीय शासनमा दूरदृष्टि राख्ने नेताका रुपमा स्मरण गरे ।

सिर्जना कलेज अफ फाइन आर्टस्को प्राविधिक सहयोगमा आयोजना गरेको चित्रकलाबाट बालबालिकामा सांस्कृतिक र सिर्जनात्मक चेतना बढाउन आयोजना गरिएको वडाध्यक्ष योगेश खड्गीले धारणा बताए । ‘प्राकृतिक र सांस्कृतिक अवस्थितिको अनुभूति गराउदै सिर्जना प्रस्फुटन गराउने हाम्रो चाहना हो ।’

images
images

प्रतिक्रिया दिनुहोस्