images
images
images

क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सकाे आईपीओ आउँदै, कतिसम्म दिन पाइन्छ आवेदन?

images

काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले यही फागुन २२ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली, कम्पनीका कर्मचारी र सामूहिक लगानी कोषलाई निष्कासन गरी बाँडफाँट गरेपछि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले आफ्नो जारी पुँजी ७५ करोड रुपियाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपियाँबराबरको २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्ने अनुमति पाएको थियो ।

सोमध्ये पहिलो चरणमा १० प्रतिशतले हुन आउने २ करोड २५ लाख रुपियाँबराबरको २ लाख २५ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ । त्यस्तै कर्मचारीहरूका लागि ३ प्रतिशत अर्थात् ६७ हजार ५०० कित्ता र सामूहिक लगानी कोषलाई ५ प्रतिशत अर्थात् १ लाख १२ हजार ५०० कित्ता पनि बाँडफाँट गरिसकेको छ।

images
images

कम्पनीले अब बाँकी रहेको १८ करोड ४५ लाख रुपियाँबराबरको १८ लाख ४५ हजार कित्ता शेयर सर्वसाधरणका लागि निष्कासन गर्न लागेको हो । लगानीकर्तार्ल कम्पनीको आईपीओमा छिटोमा फागुन २६ गतेसम्म र ढिलोमा चैत ७ गतेसम्म आवेदन दिन पाउनेछन् । आवेदन घटीमा १० कित्ता र १० हजार कित्तासम्मका लागि दिन सकिनेछ ।

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल लिमिटेड रहेको छ ।

images
images

प्रतिक्रिया दिनुहोस्

images
Hulaki Pati
images
SKIP THIS