images
images
images

नेपाली कांग्रेसको प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न

कांग्रेसमा वैचारिक धार कमजोर हुँदै गएकाले प्रशिक्षण आवश्यक रहेको कांग्रेस नेता पूर्वमन्त्री अर्जुननरसिंह केसीको भनाई l

images

धनकुटा । नेपाली कांग्रेस कोशी प्रदेश प्रशिक्षण विभागको आयोजना र नेपाली कांग्रेस धनकुटाको व्यवस्थापन तथा नेपाली कांग्रेस प्रशिक्षण शाखा धनकुटाको समन्वयमा प्रशिक्षक प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको छ ।

कार्यक्रमको समुद्घाटन गर्दै नेपाली कांग्रेसका प्रभावशाली नेता पूर्वमन्त्री माननीय अर्जुनरसिंह केसीले मुलुकको देखिएको समस्याको समाधान नेपाली कांग्रेसले गर्ने वताए । उनले कांग्रेसमा वैचारिक धार कमजोर हुँदै गएकाले प्रशिक्षण आवश्यक रहेको वताए ।

images
images

नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुलाई वैचारिक र सांगठानिक रूपमा मजवुत बनाउँदै क्षमतावान बनाउने आयोजना गरिएको प्रशिक्षक प्रशिक्षण कार्यक्रममा केन्द्रिय सदस्य पार्टीका सूचना तथा संचार विभागका प्रमुख पूर्वमन्त्री मीन विश्वकर्मा, नेपाली कांग्रेसका केन्द्रिय सदस्य महिला विभाग प्रमुख उपसभामुख पुष्पा भुसाल, नेपाली कांग्रेस कोशी प्रदेश प्रशिक्षण विभागका सचिव विरेन्द्र शाहले प्रशिक्षण दिएका थिए ।

प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोहमा नेपाली कांग्रेस कोशी प्रदेशका उपसभापति तथा प्रशिक्षण विभाग प्रमुख राष्ट्रिय सभामा नेपाली कांग्रेस संसदीय दलका पूर्वनेता रमेशजंग रायमाझीले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए ।
नेपाली कांग्रेस धनकुटाका सभापति दिनेश राई स्वागत मन्तव्य, नेपाली कांग्रेस धनकुटाका प्रशिक्षण शाखाका प्रमुख सुनिल डंगोलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन प्रशिक्षण शाखाका सचिव विजय सन्तोषी राईले गरेका थिए ।

नेपाली कांग्रेस धनकुटाका पदाधिकारीहरु, महासमिति तथा महाधिवेशन प्रतिनिधिहरु, प्रदेशसभा क्षेत्रीय कार्य समितिका पदाधिकारीहरु र प्रदेश महाधिवेशन प्रतिनिधिहरु, पालिका सभापतिहरु भातृ तथा शुभेच्छुक संस्थाका अध्यक्षहरुको सहभागीता रहेको थियो । कार्यक्रममा नेपाली कांग्रेसको इतिहास, वर्तमान र समसायिमक राजनीतिकको बारेमा प्रशिक्षण दिइएको थियो ।

images
images

प्रतिक्रिया दिनुहोस्