images
images
images

पत्रकार हत्या र संचारगृहमाथि आक्रमणको धनकुटामा विरोध सभा

मुलुकको संघीय व्यवस्थामाथि नै प्रहार गर्नेगरि सञ्चार जगतमाथि भएको हर्कतको कडा शब्दमा भत्र्सना

images

धनकुटा । शुक्रबार भएको पत्रकार सुरेश रजकको हत्या र सञ्चारमाध्यममाथि भएको आक्रमणको विरोधमा नेपाल पत्रकार महासंघ धनकुटा शाखाले विरोध सभाको आयोजना गरेको छ । पत्रकार रजक प्रति श्रद्धाञ्जली व्यक्त गर्दै पत्रकार महासंघको प्राङ्गणमा विरोध सभाको आयोजना गरेको हो । काठमाडौंको तिनकुनेमा चैत्र १५ गते राजावादी समूहको आन्दोलनका क्रममा भएको आगजानीबाट एभिन्युज टेलिभिजनमा कार्यरत पत्रकार सुरेश रजक जलेर निधन भएको थियो ।

विरोध सभा कार्यक्रममा वोल्ने वक्ताहरुले मुलुकको संघीय व्यवस्थामाथि नै प्रहार गर्नेगरि सञ्चार जगतमाथि भएका यस्ता हर्कतको कडा शब्दमा भत्र्सना गरेका थिए । साथै घटनाको निष्पक्ष छानबीन गरि दोषीमाथि हदैसम्मको कार्वाही गर्न सरकारसँग जोडदार माग गरिएको थियो ।

images
images

जनताका सूचनाका पहरेदार एक जुझारु सञ्चारकर्मीले जिउँदै जलेर ज्यान गुमाउनुपर्ने अवस्था आउनु र आन्दोलनका नाममा उत्श्रृखल समूहबाट मिडिया हाउसमाथि आक्रमण हुनु दुखद र निन्दनीय रहेको उनीहरुको ठहर छ । सञ्चारकर्मीहरुलाई भयमुक्त वातावरणमा काम गर्ने अवस्था सृजना गर्न नेपाल सरकार, सुरक्षा निकाय र सरोकारवाला सबैमा अपिल गरिएको नेपाल पत्रकार महासंघ धनकुटा शाखाका अध्यक्ष विदुर खवासले बताए । विरोध सभामा विभिन्न संचार माध्यममा आवद्ध संचारकर्मीहरु सहित विभिन्न प्रेस संगठन, सामाजिक संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको ऐक्यवद्धता सहित सहभागिता रहेको थियो ।

 

images
images

प्रतिक्रिया दिनुहोस्