images
images
images

धनकुटामा ५४.४५ प्रतिशत मत खस्यो

images

धनकुटा । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत धनकुटामा मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म सञ्चालन गरिएको थियो । जिल्लाको कुल मतदाता संख्या १ लाख १८ हजार ४२५ रहेकोमा ५४.४५ प्रतिशत अर्थात् ६४ हजार ४९० मत खसेको धनकुटाका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले जानकारी दिए। खसेको मतमा अस्थायी मतदान केन्द्रको मतसमेत समावेश गरिएको छ । जिल्लाभरका १६६ मतदान केन्द्रबाट मतपेटिका धनकुटा सदरमुकामस्थित सामुदायिक भवनमा रहेको मतगणना स्थलमा ल्याउने काम भइरहेको उनले बताए। उनका अनुसार बेलुका १० बजेसम्म सबै मतदान केन्द्रबाट मतपेटिका आइपुग्ने अपेक्षा गरिएको छ ।

मतपेटिका आइपुगेपछि सर्वदलीय बैठक बसेर मतगणनाको प्रक्रिया सुरु गरिनेछ। यसपटक स्थानीय तहअनुसार मतपेटिका राख्ने व्यवस्था गरिएको छ। मतगणना स्थलमा सिसी क्यामेरामार्फत निगरानीको व्यवस्था गरिएको छ भने गणना स्थल र उम्मेदवारका प्रतिनिधि बस्ने स्थानमा तारघेराबार गरिएको छ। एक मात्र निर्वाचन क्षेत्र रहेको धनकुटामा तीन स्वतन्त्रसहित विभिन्न दलका १७ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

images
images

images
images

प्रतिक्रिया दिनुहोस्