images
images
images

पुनरागमन जित निकाल्दै गाईघाट उपाधि नजिक

एक गोलले पछि परेको स्थितिलाई उल्ट्याउँदै उदयपुरको गाईघाट फुटवल क्लव सहिद भीमनारायण गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

images

धनकुटा । एक गोलले पछि परेको स्थितिलाई उल्ट्याउँदै उदयपुरको गाईघाट फुटवल क्लव धनकुटामा जारी १७ औं संस्करणको सहिद भीमनारायण गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

धनकुटा सदरमुकास्थित तल्लो टुँडिखेलमा शुक्रवार  सम्पन्न प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा विभागीय टोली सशस्त्र प्रहरी वलको (एपिएफ) क्लवलाई २–१ गोलअन्तरले पराजित गर्दै गाईघाट फुटवल क्लव फाइनलमा प्रवेश गरेको हो ।

images
images

उपाधिका लागि गाईघाटले भोलि शनिवार सप्तरीको नमोवुद्ध युथ क्लवसँग प्रतिस्पर्धा गर्र्नेछ । झापाको विर्तामोड युनाइटेड क्लवलाई पराजित गर्दै नमोवुद्ध क्लव यस अघि नै फाइनलमा प्रवेश गरिसकेको छ ।

खेल सुरु भएको १ मिनेटमा नै गोल गर्दै एपिएफका युवराज खड्काले गोल गर्दै आफ्नो टिमलाई सुरुवाती अग्रता दिलाएका थिए । विपक्षी टिम उदयपुरका गोलकिपर विशाल गुरुङले पञ्च गरेर रिवाउण्ड भएको वललाई खड्काले जाली चुमाएका थिए । त्यस्तै खेलको ६० औं मिनेटमा उदयपुरका किस्मत लिम्बूले गोल गर्दै खेललाई वरावरीमा ल्याए । फोफानाले प्रहार गरेको कर्नरवाट प्राप्त वललाई हेडमार्फत लिम्बूले गोल गरेका थिए ।

खेलको ७० औं मिनेटमा उदयपुरका विदेशी खेलाडी फोफानाले गोल गर्दै खेललाई २–१ को स्थितिमा पु¥याए । डिवक्स एरियावाट प्राप्त वललाई सदुप्रयोग गर्दै हेडमार्फत सुन्दर गोल गरेका थिए । उदयपुरलाई जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका फोफाना खेलको म्यान अफ म्याच घोषित हुँदै नगद ५ हजार ५ रुपैया नगद ५ हजार ५ रुपैया प्राप्त गरे । उनलाई सहिदभूमि गाउँपालिका अध्यक्ष मनोज राईले पुरस्कार प्रदान गरे ।

सहिद भीमनारायण स्मृति प्रतिष्ठानको आयोजनामा सुरु भएको प्रतियोगिताको विजेताले विजेताले उपाधि सहित ५ लाख र उपविजेताले २ लाख ५० हजार प्राप्त गर्नेछ । २०५५ सालमा सुरु भएको यो प्रतियोगिताको यो १७ औ संस्करण हो । प्रतियोगितामा ८ टिमको सहभागिता रहेको छ । शहीद भीमनारायण श्रेष्ठलाई विराटनगरमा राजा विरेन्द्रलाई बम हानेको आरोपमा पक्राउ गरि २०३५ सालमा तत्कालीन् सरकारले गोली हानी हत्या गरेको थियो । उनलाई तत्कालीन् सरकारले २०७३ सालमा राष्ट्रिय सहिद घोषणा गरेको थियो । उनकैको सम्झनामा हरेक वर्ष प्रतियोगिता संचालन हुँदै आइरहेको छ ।

 

images
images

प्रतिक्रिया दिनुहोस्