images
images
images

तेस्रो जय दगलसिंह शिखरपुर गोल्डकप आजदेखि

images

धनकुटा । चौविसे गाउँपालिका वडा नं. ६ हात्तिटारस्थित शिखरपुर खेल मैदानमा आजदेखि तेस्रो जय दगलसिंह शिखरपुर गोल्डकप फुटवल प्रतियोगिता सुरु हुँदैछ ।

हात्तिटार स्पोर्ट्स क्लवको आयोजनामा सुरु हुने प्रतियोगिताको आज उद्घाटनको दिन दुई खेल संचालन हुनेछ । विहान ११ बजे हुने पहिलो खेलमा धरानको राष्ट्रिय जागृति फुटवल क्लव र साँगुरीगढीको पञ्चकन्या स्पोर्टिङ क्लव वीच प्रतिस्पर्धा हुनेछ । आजै दिउँसो १ बजे आयोजक हात्तिटार स्पोट्र्स क्लव र धरानको देउराली फुटवल क्लव वीच प्रतिस्पर्धा हुने खेल हुनेछ । प्रतियोगितामा ८ टिमले सहभागी जनाउने छन् ।

images
images

प्रतियोगिताको विजेताले नगद १ लाख ५० हजार रुपैया सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छ । भने उपविजेता हुने टिमले नगद ७५ हजार रुपैया सहित ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने आयोजक हात्तिटार स्पोट्र्स क्लवका अध्यक्ष रत्नबहादुर राईले बताए । आगामी नयाँ वर्षको पहिलो दिन २०८२ को वैशाख १ गते सम्म संचालन हुने प्रतियोगिता संचालनको लागि १४ लाख रुपैया खर्च हुने अनुमान गरिएको छ ।
सहयोगी संस्थाको रुपमा चौविसे गाउँपालिका रहेको प्रतियोगितालाई प्रायोजक हिमालय ब्रुवरी लिमिटेडले गरेको छ । इन्टरनेट पाट्नर ईलिङ नेट प्रा.लि र मिडिया पाट्नरको रुपमा मेरो गन्तव्य र हुलाकीपाटी अनलाइन न्यूज पोर्टल रहेको छ । सम्पूर्ण खेलको प्रत्यक्ष प्रशारण मेरो गन्तव्य फेसवुक पेज र यूट्यूवबाट हुनेछ ।

 

images
images

प्रतिक्रिया दिनुहोस्