images
images
images

एमाले महालक्ष्मी नगरको अध्यक्षमा कमल कार्की विजयी

images

धनकुटा l नेकपा एमाले महालक्ष्मी नगर कमिटीको अध्यक्षमा कमल कार्की निर्वाचित भएका छन् । नगरको दोस्रो अधिवेशनको  मतदानबाट ११७ मत प्राप्त गर्दै कार्की अध्यक्षमा निर्वाचित भएका हुन् । उनले विष्णुप्रसाद दाहाललाई २२ मतान्तरले पराजित गरे ।

दाहालले ९५ मत पाएका छन् । सहमति जुट्न नसकेपछि अध्यक्ष र सचिव पदमा मतदान गरिएको थियो । ७५ सदस्यीय नगर कमिटीमा तीन पदाधिकारीसहित ७३ पद सर्वसम्मत चयन गरिएको छ ।

images
images

उपाध्यक्षमा टलबहादुर गुरुङ सर्वसम्मत चयन भएका छन् । सचिवमा १२९ मतसहित मिलन बराल निर्वाचित भएका छन् । बराल ४७ मतान्तरले विजयी भएका हुन् । सचिवका अर्का उम्मेद्वार मन्दिप गिरीले ८२ मत प्राप्त गरेका छन् ।

उपसचिवमा डम्बरबहादुर कार्की र मैयाँ खड्का सर्वसम्मत चयन भएका छन् । कुल २२८ प्रतिनिधि मतदाता रहेको महालक्ष्मीमा २१७ मत खसेको थियो । जसमध्ये ५ मत बदर भएको प्रमुख निर्वाचन अधिकृत एवं एमाले धनकुटाका उपसचिव नैन विश्वकर्माले जानकारी दिए ।

images
images

प्रतिक्रिया दिनुहोस्