images
images
images

चर्च ब्वाइज ट्राइबेकरमा विजयी, सेमिफाइनल प्रवेश

सर्लाहीको बागमती युथ क्लवलाई ट्राइबेकरमा ३–१ गोलअन्तरले पराजित गर्दै चर्चब्वाइज युनाइटेड सेमिफाइनलमा प्रवेश गरेको छ ।

images

धनकुटा l  राजारानीमा जारी १२ औँ संस्करणको रारा गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम क्वाटर फाइनल खेलमा ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड क्लव विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ ।

राजारानी खेल मैदानमा सम्पन्न खेलमा सर्लाहीको बागमती युथ क्लवलाई ट्राइबेकरमा ३–१ गोलअन्तरले पराजित गर्दै चर्चब्जाइज युनाइटेड सेमिफाइनलमा प्रवेश गरेको हो ।
निर्धारित समय भित्र दुवै टिमवाट गोल हुन नसकेपछि खेल ट्राइबेकरमा धकेलिएको थियो । ट्राइबेकरमा चर्च ब्वाइजको तर्फबाट अमन लामा, चन्न दास र आकाश राईले मात्र गोल गरे । बागमतीको तर्फबाट एक मात्र गोल आयुश राना मगरले गरेका थिए ।

images
images

खेलको प्लेयर अफ द म्याच चर्च ब्वाइजका गोलकिपर विवश चौधरी घोषित हुँदै नगद ७ हजार ५ सय रुपैया प्राप्त गरे । आजको खेलसँगै प्रतियोगिताको क्वाटरफाइनल समिकरण पुरा भएको छ । शुक्रवार प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा सुनसरीको गोल्डेन स्टार युथ क्लव र झापाको विर्तामोड युनाइटेड क्लव वीच प्रतिस्पर्धा हुनेछ ।

आगामी जेठ ४ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद ७ लाख र उपविजेताले ३ लाख रुपैयाँसहित ट्रफि मेडल, कप, प्रमाणपत्र प्राप्त गर्नेछ । विधागत रुपमा उत्कृष्ट हुने खेलाडीलाई नगद सहित पुरस्कारको व्यवस्था गरिएको छ । जिल्लाकै सर्वाधिक पुरस्कार राशीको प्रतियोगिता २०५८ सालदेखि हरेक वर्ष संचालन भइरहेको छ ।

images
images

प्रतिक्रिया दिनुहोस्