प्रभाव :
– सवारी साधनहरू दुईतर्फी रोकिएका छन् ।
– यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन् ।
धनकुटा । लेउतीको बाढीले कोशी राजमार्ग बगाउँदा यातायात प्रभावित भएको छ । भारी बर्षापछि लेउती खोलामा आएको बाढीले कोशी राजमार्गको धरान–धनकुटा सडक खण्ड अन्र्तगत साँगुरीगढी गाउँपालिका वडा नं. ६ फेदी नजिकैको सडक बगाएको हो । बिहान करिब ५ः३० तिर फेदीस्थित लेउती खोलाको बाढीले करिब १०० मिटर सडक कटान गरेपछि उक्त खण्ड दुबैतर्फबाट पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
घटनास्थलमा प्रहरी चौकी मुलघाटबाट प्रहरी टोली खटिइसकेको छ र सम्बन्धितनिकायसँग समन्वय गरी सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यलय धनकुटाका डिएसपी ध्रुवनारायण श्रेष्ठले जानकारी दिए ।
त्यस्तै सोही खण्डको नमस्ते झरना छेउमा रुख ढलेर र माथिबाट आएको पहिरोका कारण पुनः सडक अबरुद्ध भएको छ । घटनापछि इलाकाप्रहरी कार्यालय भेडेटारका प्रहरी नायबनिरीक्षक रमेश प्रधानको नेतृत्वमा प्रहरी र नेपाली सेनाका १० जनाको टोली खटेको छ ।
प्रहरीका अनुसार दुबै स्थानमा सडक खुलाउन तत्काल पहल भइरहेको छ तर निरन्तर वर्षाका कारण चुनौती रहेको बताइएको छ । दबै स्थानमा सडक भत्किए पछि कोशी राजमार्गमा सवारी साधन रोकिएका छन् । त्यस्तै तमोर करिडोर पनि अबरुद्ध भएको छ । धनकुटा चौबिसे गापा ४ निर्माणधिन तमोर करिडोर सडक खण्डको छरुवा खोलमा बाढी आउदा सडक अबरुद्ध बनेको प्रहरीले जनाएको छ ।




हुलाकी पाटी 













प्रतिक्रिया दिनुहोस्