धनकुटा । लेउती खोलामा लेदो सहित आएको बाढीले बगाएर अवरुद्ध भएको कोशी राजमार्गअन्तर्गतको धरान–धनकुटा सडक खण्ड डाइभर्सनमार्फत सञ्चालनमा ल्याइएको छ। झण्डै १२ घण्टापछि अस्थायी बाटो बनाएर एकतर्फी सवारी साधन आवतजावत सूचारु हुनेगरी संचालनमा ल्याइएको हो ।
साँगुरीगढी गाउँपालिका वडा नं ६ फेदीमा धरान-धनकुटा सडक खण्डको करिव १०० मिटर मुख्य भाग बाढीले बगाएपछि स्थानीय निकाय, सुरक्षा निकाय तथा सडक डिभिजन कार्यालयको पहलमा वैकल्पिक मार्ग निर्माण गरिएको थियो ।
सडक सूचारु भएसँगै अहिले एक तर्फी रुपमा सवारी आवातजावत गरिरहेको सडक डिभिजन कार्यालयकी सुपरभाइजर अमृता राईले बताइन् । आज शनिबार बिहान करिब ५:३० बजे बाढीले सडक बगाएपछि धरान–धनकुटा सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको थियो ।
सडक अबरुद्ध हुँदा कोशी प्रदेशका पूर्वी पहाडी जिल्ला धनकुटा, भोजपुर, संखुवासभा, तेह्रथुम, पाँचथर र ताप्लेजुङबाट आउने-जाने सयौं सवारी साधन राजमार्गमै रोकिएका थिए । यात्रुहरू विच बाटोमै अलपत्र परेका थिए । यता स्थानीय प्रशासनले यात्रुहरूलाई सतर्कता अपनाउन र अत्यावश्यक यात्रामा मात्रै जान आग्रह गरेको छ ।





हुलाकी पाटी 













प्रतिक्रिया दिनुहोस्