images
images
images

महालक्ष्मीको चानुवामा बार्षिक बजेट तयारीका लागि सर्वदलीय छलफल

images

धनकुटा ।  जिल्लाको महालक्ष्मी नगरपालिका वडा नं. ४ चानुवमा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट तयारीसम्बन्धी सर्वदलीय छलफल तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ ।  महालक्ष्मी नगरपालिका वडा नं ४ को आयोजनामा सम्पन्न छलफल कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, स्थानीय बुद्धिजीवी, नागरिक समाज, महिला समूह र अन्य सरोकारवालाको उपस्थिति थियो ।

कार्यक्रममा सहभागीहरुले वडाको आवश्यकता पहिचान, प्राथमिकता तय, समावेशी विकास र स्रोत परिचालनका विषयमा आफ्ना धारणा राखेका थिए । कार्यक्रममा सहभागिहरुले पारदर्शिता र नागरिक सहभागिता बढाउँदै योजनाको प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने धारणा राखेका थिए । वडाध्यक्ष शुक्रवहादुर वुढाथोकीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

images
images

images
images

प्रतिक्रिया दिनुहोस्