images
images
images

साँगुरीगढी गाउँपालिकाको बेस्राङ, थाप्चुवा र खयरवोटेमा सडक विस्तार र सुधार सम्पन्न

images

धनकुटा ।  साँगुरीगढी गाउँपालिका वडा नं ९ अन्तर्गत बेस्राङ, थाप्चुवा र खयरवोटे क्षेत्रमा सडक स्तरोन्नति तथा नयाँ सडक विस्तारको काम सम्पन्न भएको छ । आर्थिक वर्ष २०८१/८२ मा गाउँपालिकाबाट विनियोजित ९ लाख रुपैयाँको बजेटबाट उक्त कार्य सम्पन्न गरिएको हो ।

वडा नं. ९ की वडा सदस्य चन्द्रमाया वि.क.का अनुसार बेस्राङ क्षेत्रमा सडकको चौडाइ ५ देखि ६ मिटरसम्म बढाइएको छ भने नयाँ सडक विस्तारका लागि आवश्यक कटिङ कार्यसमेत सम्पन्न भइसकेको छ। सडक विस्तारसँगै सवारी आवागमनमा सहजता आएको र स्थानीयवासीमा उत्साह थपिएको उनले बताइन् ।

images
images

थाप्चुवामा रहेका दुई साँघुरा घुम्तीलाई पनि फराकिलो बनाइएको छ। अघिसम्म ती घुम्तीहरूमा सवारी मोड्न कठिनाइ हुने गरेकोमा अब सहज रूपमा सवारी साधन मोड्न सकिने भएपछि दुर्घटनाको जोखिम समेत कम भएको स्थानीयहरू बताउँछन् ।

खयरवोटे क्षेत्रमा भने वर्षातको समयमा पहिरोको जोखिम न्यूनीकरण गर्न ग्याविन जालीको वाल निर्माणको काम भइरहेको छ। स्थानीयवासीका अनुसार उक्त संरचनाले पहिरोको सम्भावित क्षति न्यूनीकरण गर्नुका साथै सडक संरचना बलियो बनाउन सहयोग पुर्‍याउनेछ ।

सडक स्तरोन्नतिपछि यातायात सहज बनेको अनुभव सवारी साधन प्रयोगकर्ताहरूले गरिरहेका छन्। विशेषगरी कृषिजन्य उत्पादनलाई बजारसम्म पुर्‍याउन सजिलो हुने भएपछि किसानहरू समेत उत्साहित देखिएका छन् ।

गाउँपालिकाले काम तोकिएको समयसीमाभित्रै सम्पन्न गर्न प्राविधिक समन्वय, जनशक्ति परिचालन तथा नियमित निगरानीलाई प्राथमिकता दिएको जनाएको छ। स्थानीयस्तरका यस्ता योजनाले गाउँको समग्र विकासमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

images
images

प्रतिक्रिया दिनुहोस्