images
images
images

साँगुरीगढीको ढुंगेमा सुतेकै अवस्थामा मजदुर मृत फेला

images

धनकुटा l भेडेटार–आहाले–महाभारत भित्री सडकखण्डमा कार्यरत एक मजदुर सुतेकै अवस्थामा मृत फेला परेका छन् । उदयपुर जिल्लाको कटारी नगरपालिका–११ का ३९ वर्षीय कमलबहादुर केप्छाकी मगर धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिका–८, ढुङ्गेमा भाडामा बस्दै आएका थिए। उनी बस्दै आएको कोठाभित्र आज बिहान अन्दाजी ५:४० बजे सुतेकै अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय भेडेटारले जनाएको छ।

घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको टोलीले आवश्यक कानूनी प्रक्रिया पुरा गरी शवलाई पोष्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको जनाएको छ।

images
images

मृतकको मृत्युको कारण खुल्न बाँकी रहेको र घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

images
images

प्रतिक्रिया दिनुहोस्