images
images
images

लागुऔषधका फरार प्रतिवादी तीन वर्षपछि पक्राउ

images

धनकुटा l लागुऔषधका फरार प्रतिवादी तीन वर्षपछि पक्राउ परेका छन् । २०७९ साल फागुन २ गते लागुऔषध सम्बन्धी मुद्दा दर्ता भई फरार रहेका धनकुटा जिल्लाको सहिदभूमि गाउँपालिका–१ का ३२ वर्षीय दिनेश राईलाई त्रिवेणी प्रहरी चौकी धनकुटाबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

प्रहरी उप–निरीक्षक राजेन्द्र राईको कमाण्डमा खटिएको टोलीले गत असार १७ गते  राईलाई आफ्नै घरवाट नियन्त्रणमा लिएको धनकुटा प्रहरीले जनाएको छ । पक्राउ परेका राईलाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला अदालत धनकुटाबाट थुनामा राख्ने अनुमति लिई थप अनुसन्धान अघि बढाइने प्रहरीको भनाइ छ ।

images
images

images
images

प्रतिक्रिया दिनुहोस्