images
images
images

लागुऔषधसहित युवक नियन्त्रणमा

images

धनकुटा l धनकुटा नगरपालिका–७ जिरो पोइन्टमा सवारी चेकजाँचको क्रममा लागुऔषधसहित एक युवक पक्राउ परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय, धनकुटाबाट खटिएको टोलीले मंगलवार दिउँसो करिब २ बजे फोक्ल्याण्ड टापुबाट पाख्रीवासतर्फ जाँदै गरेको को १ ब ११०३ नम्बरको यामाहा मोटरसाइकल रोकी जाँच गर्ने क्रममा मोटरसाइकल चालक पाख्रीवास नगरपालिका–४ निवासी २७ वर्षीय मिगुर शेर्पाको साथबाट लागुऔषध Tramadol २२ क्याप्सुल र Dicyclomine २२ ट्याब्लेट फेला पारेको हो । प्रहरीका अनुसार निजलाई मोटरसाइकलसहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अगाडि बढाइएको छ ।

images
images

प्रतिक्रिया दिनुहोस्