धनकुटा । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत धनकुटामा सर्वदलीय बैठक सम्पन्न भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा दलका प्रतिनिधिहरूको उपस्थितिमा बसेको बैठकले अहिले १० बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेको हो । मुख्य निर्वाचन कार्यालयका अनुसार हरेक एक/एक घण्टामा मत परिणाम सार्वजनिक गरिने छ । बैठकमा दल–सहितको उपस्थितिमा मतपत्र गणना गर्ने सहमति भएको छ । यसपटक मतपत्र एकमुष्ट रूपमा गणना गरिने र पार्टीगत रूपमा छुट्ट्याएर गणना नगरिने निर्णय भएको जनाइएको छ । मतगणना धनकुटा सदरमुकामस्थित सामुदायिक भवनमा हुनेछ ।
धनकुटामा ५४.४५ प्रतिशत मत खसेको छ । जिल्लाको कुल मतदाता संख्या १ लाख १८ हजार ४२५ रहेकोमा ६४ हजार ४९० मत खसेको धनकुटाका प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्काले बताए । मत खसेको तथ्यांक अस्थायी मतदान केन्द्रको समेत हो । पुरुष ३ हजार १५६ र महिला ३२ हजार ३३४ ले हालेका छन् ।
मतगणना हुने स्थानलाई सिसि क्यामेराले निगरानी गरिनेछ । भने गणना स्थल र उम्मेदवारका प्रतिनिधि वस्ने स्थानमा तारघेरावार गरिएको छ । एक मात्र निर्वाचन क्षेत्र रहेको धनकुटामा तीन स्वतन्त्र सहित विभिन्न दलका गरी १७ जना उपचार चुनावी मैदानमा प्रतिस्पर्धा छन् ।



हुलाकी पाटी 













प्रतिक्रिया दिनुहोस्