images
images
images

फोहोर व्यवस्थापनमा धनकुटा नगरपालिकाको प्रयास (मल्टिमिडिया)

images

धनकुटा । धनकुटा नगरपालिकाले फोहोर व्यवस्थापनमा उदाहरणीय कार्य गरिरहेको छ । धनकुटा नगरपालिका वडा नं ६ स्थित फोहोरमैला संकलन केन्द्र (ल्याण्डफिल्ड) मा २०६६ सालदेखि पुर्वाधार निर्माण गर्न सुरु गरिएको थियो । पुर्वाधार निर्माणको काम प्रश्चात सोही वर्षदेखि फोहोरमैला संकलन गरि व्यवस्थापनका काम सुरु गरिएको धनकुटा नगरपालिकाका वातावरण अधिकृत उपेन्द्र खनालले बताए ।

धनकुटा नगरक्षेत्रका बजारवाट दैनिक १६ टन फोहोर संकलन हुन्छ । जसमध्ये संकलन केन्द्रमा १२ टन फोहोर आइपुग्छ । भने बाँकी फोहोर स्थानीयले कम्पोट मन बनाउने गर्छन् । विक्री हुने फोहोरलाई नगरपालिकाले व्यापारी मार्फत विक्री गर्छ । फोहोर ब्यबस्थापनमा नगरपालिका सँगै नगरवासीको सहयोग धेरै नै रहेको छ ।

images
images

करिब ३० रोपनी क्षेत्रफलमा फैलिएको छ, धनकुटा –६ सल्लेरीस्थित धनकुटा नगरपालिका फोहोर मैला व्यवस्थापन केन्द्र । नगर क्षेत्रका विभिन्न स्थानमा संकलन गरिएका फोहोर यस केन्द्रमा प्रशोधन हुने गर्छ । नकुहिने फोहोरलाई प्रशोधन गरि विक्री गरिन्छ । भने कुहिने फोहोरलाई संकलन गरि त्यसमाथि फुलवारी बगैंचा निर्माण गरिएको छ ।  जहाँ घुम्न आउने जोकोही पनि फुलवारीमा रम्ने गर्छन् । फोहोर मैला व्यवस्थापन हेर्न देशका विभिन्न स्थानबाट भ्रमण टोली आइपुग्छन् । नगरपालिकाले फोहोरमैला व्यवस्थापनसँगै रोजगारीको सृजना, आयाआर्जनको सोत तथा पर्यटकहरुलाई पनि आकर्षित गरिरहेको छ ।

केन्द्रमा ४० प्रतिशत गल्ने फोहोर संकलन हुन्छ । यस्तै २५ प्रतिशत रबर, १५ प्रतिशत कपडा र बाँकी २० प्रतिशत प्लाष्टिक, कागज, पुराना निर्माण सामग्रिका साथै टीन, फलाम र बिद्युतिय सामग्रीजन्य फोहोर जम्मा हुन्छ ।

फोहोरमैला व्यवस्थापनलाई अझै प्रभावकारी बनाउन मुख्य चुनाैतिको रुपमा यस क्षेत्रमा बजेट बिनियोजन कम हुने गरेको वातावरण अधिकृत खनालले बताए । साथै फोहोरमैला व्यवस्थापन केन्द्रलाई थप आयआर्जनको स्रोत बनाउने र प्रदेशकै फोहोरमैला व्यवस्थापन अध्ययन केन्द्र बनाउने लक्ष्य धनकुटा नगरपालिकाको रहेको खनाल बताउँछन् ।

 

images
images

प्रतिक्रिया दिनुहोस्