images
images
images

भेडेटारमा करिब ७० लाख लगानीमा मार्ट संचालन

images

धनकुटा ।  पर्यटकीय गन्तव्य भेडेटारमा स्थानीय युवाहरूको पहलमा मार्ट सञ्चालनमा ल्याइएको छ । करिब ७० लाख रुपैयाँको लगानीमा स्थापना गरिएको सो मार्टको औपचारिक उद्घाटन बुधवार साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईले रिबन काटेर गरेका हुन् ।

मार्टमा दैनिक उपभोग्य सामग्रीदेखि पेय पदार्थसम्म राखिएको छ । विशेष गरी भेडेटारमा रहेका होटल तथा रेष्टुरेन्टहरूलाई लक्षित गर्दै मार्ट सञ्चालन गरिएको सञ्चालक कौशल राईले जानकारी दिए । उनका अनुसार यसअघि होटल व्यवसायीहरूलाई आवश्यक सामानका लागि धरानसम्म जानुपर्ने बाध्यता थियो, तर अब सो समस्या समाधान हुने विश्वास लिइएको छ।

images
images

उद्घाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मुना राई, प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्य, होटल एशोसिएशन अफ भेडेटारका अध्यक्ष तुमराज लिम्बू, भेडेटार प्रहरी चौकीका इञ्चार्ज रमेश श्रेष्ठ लगायतको उपस्थिति थियो ।

अध्यक्ष जितेन्द्र राईले मार्ट सञ्चालनसँगै भेडेटारको पर्यटन तथा व्यापार प्रवर्द्धनमा थप टेवा पुग्ने विश्वास व्यक्त गर्दै सफलताको शुभकामना दिएका थिए ।

 

images
images

प्रतिक्रिया दिनुहोस्