धनकुटा । धनकुटामा लागूपदार्थ विरुद्ध ५ हजार हस्ताक्षर संकलन अभियान सुरु गरिएको छ । सुनाैलाे जीवन सुधार केन्द्र र धनकुटा हेल्पिङ ह्यान्डस् धनकुटाले संयुक्त रुपमा लागूपदार्थ, मदिरा र दुर्व्यसनविरुद्ध पाँच हजार हस्ताक्षर संकलन अभियान सुरु गरेको छ । यसका लागि धनकुटा बसपार्कमा हस्ताक्षर गर्ने व्यवस्था मिलाइएको छ । “सजाय होइन उपचार” भन्ने नारासहित सुरु गरिएको अभियानमा सहभागीलाई लागूपदार्थ प्रयोगले जीवन, परिवार र समाजमा पार्ने नकारात्मक प्रभावबारे सचेतना दिलाइएको छ ।
“लागूपदार्थ होइन, शिक्षा हाम्रो प्राथमिकता”, “लागूपदार्थ जीवनको भविष्य बर्बाद गर्छ”, “लागूपदार्थमुक्त समाज, सुखमय परिवार” जस्ता सन्देशसहित अभियान अघि बढाइएको आयोजकले जनाएको छ । धनकुटा हेल्पिङ ह्यान्डस्का अनुसार अभियान सफल पार्न समाजका सबै क्षेत्रको सहकार्य आवश्यक रहेको छ ।



हुलाकी पाटी 













प्रतिक्रिया दिनुहोस्