images
images
images

साँगुरीगढीको मुक्तेनमा पहिरोः ९ घर उच्च जोखिममा, तत्काल स्थानान्तरण आवश्यक

images

धनकुटा । लगातारको अविरल वर्षापछि साँगुरीगढी गाउँपालिका–६ मुक्तेनमा खसेको पहिरोले ९ घर उच्च जोखिममा परेका छन् । सोमबार दिउँसो करिव १२ बजे आएको पहिरोले घरहरू चर्किएर बस्न नमिल्ने अवस्थामा पुगेका हुन् ।

घटनापछि इलाका प्रहरी कार्यालय भेडेटारका प्रनानी रमेश प्रधानको नेतृत्वमा गएको पाँच जनाको प्रहरी टोली, गाउँपालिका अध्यक्ष जितेन्द्र राई, वडा नं. ६ का वडाध्यक्ष यमप्रकाश मगर तथा स्थानीयवासीले संयुक्त रूपमा प्रभावित परिवारलाई सुरक्षित स्थानमा सार्ने काम गरेका थिए । गाउँपालिका अध्यक्ष राईका अनुसार पहिरोले घरमा उच्च जोखिम उत्पन्न गरे पनि अहिलेसम्म मानवीय तथा चौपाय क्षति भने भएको छैन ।

images
images

उनका अनुसार पहिरोले मुक्तेनका ४४ वर्षीय केवल प्रसाद मगरको ढुङ्गा–माटो र टिनको छानोले बनेको २ तले घर पूर्ण रुपमा क्षति भएको छ । परिवारका ४ जना हाल नजिकै अस्थायी टहरामा बसोबास गर्दै आएका छन् । त्यस्तै ४८ वर्षीय मोहन मगरको २ तले कच्ची घरको भान्सासहित विभिन्न भाग चर्किएको छ । परिवारका ४ जनाको अझै स्थानान्तरण हुन बाँकी छन् ।  ५९ वर्षीय विष्णुबहादुर मगरको २ तले घर विभिन्न भागमा चर्किएर पहिरोको उच्च जोखिममा परेको छ । परिवारमा ९ जना सदस्य भएपनि उनीहरुलाई अझै सुरक्षित स्थानमा सारिएको छैन । ४६ वर्षीया कुमारी मगरको २ तले कच्ची घर चर्किएर बस्न नमिल्ने अवस्थामा पुगेको छ । परिवारका ७ जनाको स्थानान्तरण हुन बाँकी छन् । यसैगरी ३५ वर्षीय राजकुमार मगरको २ तले कच्ची घर चर्किएर बस्न नमिल्ने भएको छ । परिवारका ५ जना अझै जोखिममै रहेका छन् । ८२ वर्षीय भीमबहादुर मगरको १ तले घर चर्किएर बस्न नमिल्ने भएपछि  छिमेकीकोमा बस्दै आएका छन् । ७८ वर्षीय प्रेमबहादुर मगरको १ तले घर चर्किएर बस्न नमिल्ने भएपछि परिवारका ५ जना सदस्य हाल छिमेकीको घरमा आश्रित छन् ।  ५० वर्षीय रणबहादुर मगरको २ तले घर चर्किएर बस्न नमिल्ने भएपछि परिवारका ७ जना आफ्नै जग्गामा टहरा बनाएर बस्दै आएका छन् ।

गाउँपालिकाले पीडित परिवारलाई तत्काल राहत तथा सुरक्षित बसोबासको व्यवस्था गर्ने तयारी गरेको जनाएको छ ।

 

images
images

प्रतिक्रिया दिनुहोस्