images
images
images

सामाजिक व्यक्तित्व रेणुका श्रेष्ठको निधन

images

धनकुटा । समाजसेवी तथा सामाजिक व्यक्तित्व धनकुटा नगरपालिका वडा नं ६ निवासी रेणुका श्रेष्ठको श्रेष्ठ ७१ वर्षको उमेरमा निधन भएको छ । गोकुण्डेश्वर माध्यमिक विद्यालय धनकुटा–६ सिरानबजारकी पूर्वशिक्षिका समेत रहेकी श्रेष्ठ विभिन्न सामाजिक संघ–संस्थामा आवद्ध रहँदै लामो समयसम्म सक्रिय थिइन् । उनी द रेयुकाई नेपाल धनकुटाकी पूर्वअध्यक्ष, नेपाल रेडक्रस सोसाइटी धनकुटाकी पूर्व सदस्य तथा नेपाल शिक्षक संघ धनकुटाकी संस्थापक सचिव समेत रहेकी थिइन् ।

वि.सं. २०११ कात्तिक ११ गते धनकुटा नगरपालिका–६ बिचबजारमा स्वर्गीय गणेशकुमार श्रेष्ठ र स्वर्गीय मैयाँदेवी श्रेष्ठको जेठी छोरीका रूपमा जन्मिएकी श्रेष्ठ अविवाहित थिइन् । उनका जेठादाजु सत्यनारायण श्रेष्ठ, भाइहरू विजय नारायण श्रेष्ठ र पूर्व सहायक प्रमुख जिल्ला अधिकारी रामनारायण श्रेष्ठ, दिदी–बहिनी, भाउजू, भदाभदिनी तथा नाति–नातिनीहरू रहेका छन् ।

images
images

श्रेष्ठको पार्थिव शरीरमा धनकुटाको विश्रान्ती मन्दिर नजिकै तमोर नदी किनारमा श्रद्धाञ्जली अर्पण गरिएको थियो। श्रद्धाञ्जली कार्यक्रमका अवसरमा नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव तथा द रेयुकाई नेपाल धनकुटाका पूर्व सचिव विजय सन्तोषी राई, नागरिक समाज धनकुटाका अध्यक्ष सुन्दर बाबु श्रेष्ठ, नेपाल ट्रेड युनियन कांग्रेसका केन्द्रीय सदस्य विगेन्द्र याख्खा, नेपाल शिक्षक संघका पूर्व अध्यक्ष गंगाराम ढुंगाना, नगरका पूर्व अध्यक्ष रामबहादुर श्रेष्ठ, वडा नं. ६ का अध्यक्ष मिलन कुमार नेवा खड्गी, उद्योग वाणिज्य संघका कोषाध्यक्ष रुपेश श्रेष्ठ, लोकतान्त्रिक खेलकुद महासंघका अध्यक्ष शम्भु प्रधान लगायत सामाजिक अगुवा, संस्थाका प्रतिनिधि, आफन्त र मलामीजनहरूले पुष्पगुच्छा र माला अर्पण गरी अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए।

श्रेष्ठले लामो समय शिक्षा क्षेत्रमा सेवा गर्नुका साथै सामाजिक संघसंस्थाको नेतृत्व गर्दै पेशागत हक–अधिकार र सामाजिक सेवामा महत्वपूर्ण योगदान दिएकी थिइन् । श्रेष्ठले प्रजातन्त्र र लोकतन्त्रको संरक्षण तथा सुदृढीकरणमा पनि सक्रिय भूमिका निर्वाह गरेको नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राईले बताए । श्रेष्ठको निधनले धनकुटाले एक इमानदार, कर्तव्यनिष्ठ र सहयोगी समाजसेवी गुमाएको छ। उनको योगदान धनकुटेलीहरूले सधैं सम्झिरहने उद्योग वाणिज्य संघका अध्यक्ष तथा गोकुण्डेश्वर पूर्व विद्यार्थी समाजका उपाध्यक्ष समेत रहेका  विजय सन्तोषी राईले बताए ।

images
images

प्रतिक्रिया दिनुहोस्