images
images
images

एमएडब्लु वृद्धिले ल्यायो माउन्टेन ईभी, टीएमवान प्रशंशकहरुका लागि आकर्षक योजना

images

काठमाडौं । एमएडब्लू वृद्धिले माउन्टेन ईभी र टीएमवान उत्साहीहरूका लागि नवप्रवर्तन र एडभेन्चरका नियमहरू नै बदल्ने एक विशेष योजना ल्याएको छ। यो अभियानले उन्नतप्रविधि र अतुलनीय फाइदाहरूको नौलो मिश्रणको साथमा ड्राइभिङ र स्वामित्व अनुभवहरूलाई बलियो बनाउने  कम्पनीले जनाएकाे छ ।

यस नयाँ योजना अन्तर्गत ग्राहकहरूले विद्युतीय गतिशीलतामा स्विच गर्नकालागि माउन्टेनईभी र टीएमवान मोडेलहरूमा ८० प्रतिशत सम्मको फाइनान्सिङ सुविधा प्राप्त गर्नेछन्। यस योजनामा माउन्टेन ईभीको लागिने ९.९९ लाख र टीएमवानको लागिने ५.९९ लाख सम्मको डाउन पेमेन्ट पनि समावेश छ जसले विद्युतीय सवारी साधनको स्वामित्वलाई अझ पहुँचयोग्य र किफायती बनाउने छ।

images
images

यसका साथै, ग्राहकहरूले आर्थिकवर्ष २०८१÷८२ कोलागि एकवर्षको निस्शुल्क बीमा र सडक करमा छुट सहितका विस्तृत सुविधाहरूको आनन्द लिनसक्नेछन्। घरमै सुविधा जनक रूपमा चार्जिङ गर्न उनीहरूले ७ किलोवाटको चार्जर पनि निस्शुल्क पाउने छन्। यसमाथि अझै मूल्य थप्न यो योजनाले निस्शुल्क सामानहरूकासाथै ग्राहकहरूले आफ्नो लगानीबाट अधिकतम मूल्य प्राप्तगर्ने टप अप बेस्ट भ्यालु एस न बोनस पनि समेट्छ।

यो व्यापक प्याकेजले विद्युतीय गतिशीलता प्रवर्द्धन गर्ने र आफ्ना ग्राहकहरूलाई असाधारण मूल्य प्रदानगर्ने एमएडब्लू वृद्धिको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ। कम्पनीले नेपाली बजारको लागि विद्युतीय सवारी साधनहरू लाई अझ पहुँचयोग्य र किफायती बनाउने लक्ष्य राखेको छ।

यो सीमित समयको अफर माघ १ गतेदेखिमाघ ३० गते सम्म उपलब्ध हुनेछ, त्यसैले ग्राहकहरूलाई थप जानकारी र यो रोमाञ्चक अवसरको फाइदा लिन आफ्नो नजिकको एमएडब्लू वृद्धिको डिलरमा सम्पर्कगर्न प्रोत्साहित गरिन्छ।

फोटोननेपाल र एमएडब्लूवृद्धिसमूहकोबारेमा एमएडब्लू वृद्धि अन्तर्गत संचालित फोटो न नेपाल एमएडब्लू समूह र वृद्धि समूहबीचको साझेदारी हो जसले नेपालमा सन् २०१४ देखि अन्तर्राष्ट्रिय अटोमोटिभ ब्रान्डहरूको प्रतिनिधित्व गर्दै आएको छ।

व्यावसायिक र विद्युतीय सवारीसाधन हरूमा विशेषज्ञता हासिल गर्दै एमएडब्लू वृद्धिले फोटो, सोकोन, सेरेस, नामी र चांगान जस्ता ब्रान्डहरूको प्रतिनिधित्व गर्दै भरपर्दोस्टक, पाटपुर्जाको सहज उपलब्धता र गुणस्तरीय सेवा सुनिश्चित गर्दछ।

 

images
images

प्रतिक्रिया दिनुहोस्

images
Hulaki Pati
images
SKIP THIS