images
images
images

केपी ओली कप फुटबल फागुन दोस्रो सातादेखि हुने

images

काठमाडौँ । केपी ओली कप फुटबल प्रतियोगिता आगामी फागुनको दोस्रो सातादेखि आयोजना हुने भएको छ ।

राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनाम हुने उक्त प्रतियोगिता आगामी फागुन ११ देखि १९ गतेसम्म सञ्चालन हुने पत्रकार सम्मेलनमा आयोजकका अध्यक्ष क्षितिज थेबेले जानकारी दिए ।
उनका अनुसार प्रतियोगितामा अखिल नेपाल फुटबल सङ्घद्वारा सूचीकृत ‘ए’ डिभिजनका क्लब र विदेशी गरी १० टोलीको सहभागिता रहनेछ । प्रतियोगितामा उपाधि विजेता टोलीले १५ लाख ११ हजार १११ पाउनेछ भने उपविजेताले पाँच लाख पाउनेछ ।

images
images

त्यसैगरी प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई एक लाख प्रदान गरिने आयोजकले जनाएको छ । उत्कृष्ट  गोल रक्षक, उत्कृष्ट गोलकर्ता र उत्कृष्ट उदयमान खेलाडीले जनही ५० हजार पाउने छन् । प्रतियोगितामा ‘म्यान अफ दि म्याच’ घोषित हुने खेलाडीले र१५ हजार पाउँदा हरेक खेलको विजेता टोलीले २५ हजार पाउने छन् ।

उक्त प्रतियोगिताको सेमिफाइनल र फाइनल खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछन् भने त्यसअघिका खेल सातदोबाटोमा हुनेछन् ।

images
images

प्रतिक्रिया दिनुहोस्