images
images
images

रवी लामिछानेलाई ‘सांसदबाट निलम्बन गर्ने निर्णय राजनीतिक प्रतिशोध’ : रास्वपा

images

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले रवि लामिछानेलाई सम्पत्ति शुद्धिकरणको मुद्दा लगाएर सांसदबाट निलम्बन गर्ने निर्णय राजनीतिक प्रतिशोध भएको ठहर गरेको छ । रास्वपाले सरकारले हालै ल्याएको अध्यादेशविरुद्ध सदनमा अस्वीकारको सूचना प्रस्ताव गर्ने समेत निर्णय गरेको छ ।

बुधबार पार्टी कार्यालय वनस्थलीमा बसेको रास्वपा संसदीय दल बैठकले सरकारले सदनलाई छलेर अध्यादेश ल्याएको भन्दै अस्वीकारको सूचना प्रस्ताव गर्ने निर्णय गरेको हो । यस्तै रास्वपाले संसद अधिवेशनमा रवि लामिछानेलाई सम्पत्ति शुद्धिकरणको मुद्दा लगाएर सांसदबाट निलम्बन गरिएको भन्दै त्यसको विरोध गर्ने निर्णय गरेको छ। रास्वपाको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीका प्रमुख सचेतक सन्तोष परियारले भने, ‘सरकारले राजनीतिक प्रतिशोधका आधारमा रास्वपा संसदीय दलका नेता रवि लामिछानेलाई सम्पत्ति शुद्धिकरणसमेतको मुद्दा हालेर सांसद पद निलम्बन गरेको छ। यो प्रतिनिधिसभा नियमावलीविरुद्ध भएको ठहर गर्दै विरोध गर्ने निर्णय गरेको छ।’
परियारले आजको बैठकले अन्य चारवटा निर्णय गरेको बताए।

images
images

‘मुख्यगरी दुई र विविधमा दुईवटा गरी ४ वटा निर्णय गरेका छौँ। संसदको हिउँदे अधिवेशनमा जाँदा सरकारले सदनलाई छलेर अध्यादेश ल्याउने काम गरेको छ। ती अध्यादेशको अस्वीकारको प्रस्ताव गर्ने निर्णय पार्टी बैठकले गरेको छ’ उनले भने।  उनले सरकारले ल्याएको नयाँ धितोपत्र बोर्डको अवधारणाको सैद्धान्तिक विमति नभएको तर नेप्सेलाई नै पुनःसंरचना गर्नेमा व्यक्ति विशेष र स्वार्थ समूहका लागि नयाँ स्टक एक्सचेन्ज ल्याउने निर्णयको विरोध रास्वपाले गर्ने निर्णय भएको उल्लेख गरे । यस्तै बैठकले ताप्लेजुङको पाथीभरामा केबलकार राख्ने विषयमा स्थानीय प्रशासन र स्थानीय बासिन्दाबीचको झडपको भर्त्सना गर्दै राज्यबाट भएको ज्यादतीको विरोध गर्ने निर्णय बैठकले गरेको जानकारी दिए।‘पार्टी सभापतिमाथि साँधिएको राजनीतिक प्रतिशोधको विरोध गर्ने, सहकारी र अर्थतन्त्र, असन्तुलित परराष्ट्र नीति र सत्ता समीकरणको ७ बुँदाको विरोध गर्ने निर्णय गरेको छ‚’ उनले थपे , ‘नेप्सेलाई नै पुनःसंरचना र क्षमता बढाउनुपर्नेमा व्यक्ति विशेष र स्वार्थ समूहका लागि नयाँ स्टक एक्सचेन्ज ल्याउन गरेको निर्णयको विरोध गर्ने निर्णय भएको छ। ताप्लेजुङको पाथीभरामा राज्यबाट भएको ज्यादतीको विरोध गर्दछौँ। न्याय दिन सरकारसँग आग्रह गर्दछौँ।’

रास्वपाको संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठको संयोजकत्वमा बैठक बसेको थियो।

 

images
images

प्रतिक्रिया दिनुहोस्