धनकुटा । सेवा प्रवाहको विषयमा जनगुनासो आएपछि जिल्ला प्रशासन कार्यालय धनकुटाले जिल्लाका तीन सरकारी कार्यालयलाई लिखित स्पष्टिकरण सोधेको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय धनकुटा, पूर्वाधार विकास कार्यालय धनकुटा र सडक डिभिजन धनकुटालाई तीन दिन भित्र लिखित रुपमा स्पष्टिकरण सोधिएको धनकुटाका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मी प्रसाद रेग्मीले बताए ।
गतवैशाख १० गते वसेको जिल्ला स्थित कार्यालय प्रमुखहरुको वैठकले स्पष्टिकरण सोध्ने निर्णय गरिएको उनले बताए । ती कार्यालयमा सेवाग्राहीहरुको टेलिफोन नउठ्ने, कार्यालय समयमा उपस्थिति नहुने, ती कार्यालयको कार्यसम्पादन मूल्याङ्कन कम भएको पाइएको उनको भनाई छ ।



हुलाकी पाटी 












प्रतिक्रिया दिनुहोस्