images
images
images

कुमारी सहकारीको एक अर्ब ४९ करोड हिनामिना अभियोगमा पूर्व सञ्चालक पुन पक्राउ

images

काठमाडौं । म्याग्दीको बेनीमा सञ्चालित कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको एक अर्ब ४९ करोड अपचलनमा संलग्न भएको अभियोगमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ ।

बेनी नगरपालिका–४ का लोकेश पुनमगरलाई पक्राउ गरी बिहीबार जिल्ला अदालत म्याग्दीबाट फागुन १३ गतेसम्मका लागि म्याद थप गरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

images
images

प्रहरी निरीक्षक सागर पौडेलले मङ्गलबार पक्राउ परेका पुनलाई यसअघि माघ २० गते पक्राउ परेका अन्य पाँच जनासँगै अदालत उपस्थित गराउने गरी म्याद थप भएको बताए।

पोखरास्थित सहकारी रजिष्ट्रारको कार्यालयका अनुसार छ हजार बचतकर्ता रहेको कुमारी सहकारीको एक अर्ब ४९ करोड अपचलनमा संलग्न पुनलगायत अभियुक्तविरुद्ध सहकारी ऐन–२०७४ अनुसार कारबाही थालिएको हो । उनी सहकारीका पूर्वसञ्चालक हुन् ।

images
images

प्रतिक्रिया दिनुहोस्