काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज एकैपटक ४० अर्ब रुपैयाँ तरलता तान्ने भएको छ । राष्ट्र बैंकले अधिक तरलता व्यवस्थापन गर्न निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बैंकिङ प्रणालीबाट फेरि पैसा लिन लागेको हो ।
यसका लागि आइतबार दिउँसो २ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् । निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । सो बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।
यो २१ दिने निक्षेप संकलन उपकरणको फागुन ११ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले उल्लेख गरेको छ ।



हुलाकी पाटी 













प्रतिक्रिया दिनुहोस्