काठमाडौँ। सन् २०२५ को पहिलो महिना जनवरीमा झण्डै ८० हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार जनवरीमा मात्रै ७९ हजार ९९१ जना विदेशी पर्यटक नेपाल भ्रमण गर्न आएका हुन् ।
गत वर्षको जनवरीमा ७९ हजार एक सय पर्यटक नेपाल घुम्न आएको बोर्डको तथ्यांकमा देखिन्छ । यो वर्ष भने विदेशी पर्यटकको संख्यामा केही वृद्धि भएको छ ।
जनवरीमा भारतबाट आउने पर्यटकको संख्यामा गत वर्षको तुलनामा केही कमी आएको छ । २०२४ को जनवरीमा २४ हजार १३९ पर्यटक नेपाल आएकोमा यस वर्षको सोही महिनामा २० हजार ४८५ भारतीय पर्यटकले नेपाल भ्रमण गरेका छन्।
नेपालको अर्को छिमेकी मुलुक चीनबाट भित्रिने पर्यटकको संख्यामा भने सुधार देखिएको छ । योवर्षको एक महिनामा चीनबाट ८ हजार १९१ पर्यटक नेपाल भ्रमणमा आएका छन् । गत वर्षको सोही अवधिमा ७ हजार २६७ जना चिनियाँ पर्यटकले नेपाल भ्रमण गरेका थिए ।
यसैगरी अमेरिकाबाट ८ हजार ६३, अस्ट्रेलियाका ४ हजार ३०१, दक्षिण कोरिया ३ हजार ७५६, जापान १ हजार ४७०, बंगलादेशबाट ५ हजार ४०६, थाइल्याण्ड ३ हजार २१९ र भुटान २ हजार ७६८ जना पर्यटक पहिलो महिनामा नेपाल आएका छन् ।
मार्च महिनामा सबैभन्दा बढी १ लाख २८ हजार १६७ पर्यटक नेपाल आएका थिए भने सबैभन्दा कम जुलाईमा ६४ हजार ५९९ पर्यटकले नेपाल भ्रमण गरेका थिए । अक्टोबरमा १ लाख २४ हजार ३९३, अप्रिलमा १ लाख ११ हजार ३ हजार ७६ पर्यटक नेपाल आएका थिए ।



हुलाकी पाटी 













प्रतिक्रिया दिनुहोस्