काठमाडौँ । नेपालका लागि डोङफेङ इभीको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले चितवनमा प्रिमियम र स्मार्ट इभी नामीलाई सार्वजनिक गरेको छ ।
आइतबार आयोजित एक कार्यक्रममा चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीका अध्यक्ष सुमन श्रेष्ठ, युरो अटोमोटिभका प्रबन्ध निर्देशक कपिल सागर कर्माचार्य, एमएडब्ल्यू वृद्धि मोटर्सका बिजनेस हेड प्रशन्न पन्त र एमएडब्ल्यू वृद्धि मोटर्सका बिक्री प्रमुख राजेन्द्र सिग्देल, रतनानगर चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीका अध्यक्ष शंखर गिरी, काडाका अध्यक्ष राजन पिया, चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री चितवनका अध्यक्ष गोपाल भट्टराईले संयुक्त रूपमा नामी ईभी सार्वजनिक गरेका हुन्। कार्यक्रममा एमएडब्लू वृद्धि मोटर्सका बिजनेस हेड प्रशन्न पन्तले नामी ईभीलाई देशभरका ग्राहकवर्गले धेरै रुचाएको भन्दै खुशी व्यक्त गरे। यस्तै, चेम्बर अफ कमर्स चितवनका अध्यक्ष सुमन श्रेष्ठले भरपर्दो ब्रान्डको शुभारम्भका लागि बधाई र शुभकामना व्यक्त गरे।
नामीले आफ्नो सेग्मेन्टमा लक्जरी र इन्टेलिजेन्टको नयाँ मापदण्ड स्थापित गरेको छ । यसको लक्जरियर इन्टेरियर र अत्याधुनिक स्मार्ट प्रविधि यसको स्लिक डिजाइनमा राम्रोसँग सम्मीश्रित छ । यसमा सेग्मेन्ट फस्ट वेलकम सिट, मेमोरी सिट, फ्रेमलेस डोर, फ्लस डोर ह्यान्डल, अटो पार्किंग टेबल टपसहितको पेसेन्जर ड्रअर पनि रहेको छ । यसमा वेलकम सिट, मेमोरी सिट, फ्रेमलेस ढोका, फ्लश ढोका ह्यान्डलहरू, अटो पार्किङ र टेबलटप सहितको यात्रु ड्रएरजस्ता फिचर छन् । नामीले लेभल २ एडीएएस, भेन्टिलेटेड र हिटेड सिटहरू, १२.८ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली, १७ इन्चको
टायर, १२ अल्ट्रासोनिक रडारहरू सहितको ३६०–डिग्री क्यामेरा, अडेप्टिभ क्रूज नियन्त्रण र अटो– डिमिङ कार्यक्षमताको
साथ स्टार–लाइट क्रिस्टल एलईडी हेडल्याम्प जस्ता सुविधाहरू उपलब्ध गराएको छ । ईभी प्रयोगकर्ताका लागि ह्याचब्याक नामी ईवान, नामी ईटू र नामी ईथ्री गरी तीन भेरियन्टहरूमा उपलब्ध गराइएको कम्पनीले जनाएको छ । जसको मूल्य ३० लाख २४ हजारदेखि ३५ दाख ९९ हजारसम्म रहेको छ।
यसैबीच ग्राहकहरूमा थप उत्साह भर्न एमएडब्लू वृद्धिले आजदेखि २३ गतेसम्म भरतपुरको सीएमटी रिसोर्टमा चितवनकै सबैभन्दा ठूलो एक्सचेन्ज र टेस्ट ड्राइभ क्याम्पको आयोजना गरेको छ । यसमा सेरेस र नामी ईभीको खरिदमा निः शुल्क ७ किलोवाट चार्जर, ट्रेड–इनहरूको लागि असाधारण एक्सचेन्ज मूल्य र बोनस एवम् छिटो र सजिलो अन–साइट
फाइनान्सिङका विकल्पहरू दिएको छ। सहभागीहरूले टेस्ट ड्राइभ र सवारी भ्यालुएसनमा उपहारहरू प्राप्त गर्न सक्नेछन्।



हुलाकी पाटी 













प्रतिक्रिया दिनुहोस्