images
images
images

सिवाइसी लघुवित्त नाफामा, कस्तो छ वित्तीय प्रगति ?

images

काठमाडौँ । सिवाइसी नेपाल लघुवित्त कम्पनीले शतप्रतिशत मुनाफा आर्जन गरेको छ ।

कम्पनीले प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८१/०८२ को दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार चालु आवको ६ महिनामा कम्पनीले ४ करोड ३१ लाख ६२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आवको दोस्रो त्रैमासको तुलनामा १०४.५९ प्रतिशत बढी रहेको विवरणले प्रष्ट पार्छ । गत आवको सो अवधिमा कम्पनी २ करोड १० लाख ९७ हजार रुपैयाँ खुद नाफामा थियो । चालु आवमा कम्पनी दोब्बर बढी नाफामा छ ।

images
images

समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी समेत ३२ प्रतिशतले बढेर १७ करोड ४० लाख रुपैयाँ पुगेको छ । कम्पनी संचालन नाफा पनि १३७.५७ प्रतिशत वृद्धि भई ५ करोड ९३ लाख रुपैयाँ पुगेको छ । सोही कारण नै कम्पनीको खुद नाफा बढेको हो । हाल कम्पनीसँग वितरणयोग्य नाफा मात्रै ३ करोड ३६ लाख ६६ हजार रुपैयाँ रहेको वित्तीय विवरणमा उल्लेख छ ।
समिक्षा अवधिमा कम्पनीको खराब कर्जामा सामान्य सुधार देखिएको छ । गत आवको सो अवधिमा ४.७७ प्रतिशत रहेको खराब कर्जा अहिले घटेर ४.३५ प्रतिशत मा झरेको छ ।

प्रतिसेयर आम्दानी (इपिएस) दोब्बरले बढेको छ । इपिएस १६.५६ रुपैयाँ बढेर ३२.४० रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ भने २५१.७४ रुपैयाँ रहेको छ । हाल कम्पनीको चुक्ता पुँजी २६ करोड ६४ लाख रुपैयाँ छ । कम्पनीले जगेडा कोषमा ३४ करोड ६५ लाख रुपैयाँ रहेको उल्लेख छ ।

images
images

प्रतिक्रिया दिनुहोस्