images
images
images

रेशमराज रेग्मी बने ज्योति विकास बैंकको स्वतन्त्र सञ्चालक

images

काठमाडौँ । ज्योति विकास बैंकका स्वतन्त्र सञ्चालकमा रेशमराज रेग्मी नियुक्त भएका छन् ।

बैंकको बुधबार बसेको सञ्चालक समितिको ५०९ औँ बैठकले रेग्मीलाई स्वतन्त्र सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो । उनी बुधबारबाटै लागू हुने गरी बैंकको स्वतन्त्र सञ्चालकमा नियुक्त भएका हुन् ।

images
images

वरिष्ठ अधिवक्ता रेग्मीसँग नेपाल राष्ट्र बैंकमा करिब २५ वर्ष विभिन्न क्षेत्रमा काम गरको अनुभव छ । कानुन विषयमा स्नातकोत्तर गरेका रेग्मीले नेपाल सरकारका
विभिन्न क्षेत्रमा समेत कानुनी सल्लाहकारका रूपमा कार्य गरिसकेका छन् ।

नेपाल मध्यस्थता परिषद्को आजीवन सदस्य रहेका रेग्मीले संस्थागत सुशासन, एएमएल तथा समग्र बैंकिङ क्षेत्रको विषयमा विशेषज्ञता हासिल गरेका छन् ।
रेग्मीको लामो कार्यानुभव तथा विषयगत कुशलता र दक्षताले बैंकलाई थप सबल तथा सफलताउन्मुख मार्गदर्शन प्रदान गर्ने विश्वास बैंकले लिएको छ ।

ज्योति विकास बैंकले हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएमार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

images
images

प्रतिक्रिया दिनुहोस्