काठमाडौं । मर्क्युर काठमाडौं सुकेधारा हाइट्सले प्रेम दिवसको अवसरमा रोमाञ्चक भ्यालेन्टाइन अफर ल्याएको छ। जोडीहरूलाई लक्जरी वातावरणमा प्रेमिल क्षणहरू बिताउनका लागि होटलले विशेष डिनर, स्टेकेसन, र लाइभ म्युजिकसहितका प्याकेजहरू उपलब्ध गराएको छ।
होटलले तीन प्रमुख प्याकेजहरू प्रस्तुत गरेको छ :
विशेष डिनर अफर – यस प्याकेजमा लाइभ म्युजिक, स्वादिष्ट परिकारहरू र बबल्स ड्रिंक्सको समावेश छ। प्रति जोडी १२,९९९ रुपैयाँमा उपलब्ध छ।
भ्यालेन्टाइन डिनर प्याकेज – विशेष डिनर र एक गिलास स्पार्कलिङ वाइन वा ककटेल समावेश गरिएको प्याकेज। यो प्रति जोडी ७,९९९ रुपैयाँमा उपलब्ध हुनेछ।
लक्जरी स्टेकेसन प्याकेज – एक रातको क्लासिक कोठामा बसाइ, असीमित स्न्याक्स र ड्रिंक्स, लाइभ म्युजिक, र ब्रेकफास्ट समावेश गरिएको प्याकेज। प्रति जोडी २२,९९९ रुपैयाँमा उपलब्ध छ।
होटलले इच्छुक जोडीहरूलाई अग्रिम बुकिङ गर्न आग्रह गरेको छ, किनकि सिमित सिट भएकाले चाँडै बुकिङ गर्नेहरूलाई प्राथमिकता दिइनेछ।



हुलाकी पाटी 













प्रतिक्रिया दिनुहोस्