images
images
images

औद्योगिकीकरणलाई तीव्रता दिन नीतिगत सुधार गर्ने मन्त्री भण्डारीको प्रतिबद्धता

images

काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले स्वच्छ, नविकरणीय ऊर्जाको प्रर्वद्धन र विकास गर्न सरकार कटिबद्ध गरेको बताएका छन् ।

आज नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्ला स्थित औद्योगिक तथा व्यापारिक गतिविधिहरूको अवलोकन र केहि परियोजनाहरूको उद्घाटन गरेका मन्त्री भण्डारीले यस्तो बताएका हुन् । भण्डारीले २ मेगावाट क्षमताको सोलार प्लान्ट उद्घाटन गरेका छन् । नवलपरासीको रामग्रामस्थित अरुण वेभरेज प्रा.लि. मा २– मेगावाटको सौर्य ऊर्जा प्लान्टको उद्घाटन गर्दै स्वच्छ र नविकरणीय ऊर्जाको प्रर्वद्धन र कास गर्न सरकार कटिबद्ध रहेको बताएका हुन् । यसले स्वदेशी उत्पादनमा जोड दिनुका साथै ऊर्जा आत्मनिर्भरता हासिल गर्ने दिशामा एक महत्वपूर्ण कोसेढुंगा सावित हुने उनको भनाइ छ ।

images
images

मन्त्री भण्डारीले संमृद्धि स्टिल प्याक्ट्रीको अवलोकन समेत गरेका छन् । उद्योग क्षेत्रको सम्भाव्यता, उत्पादनशीलता र रोजगारी सिर्जना सम्बन्धी प्रत्यक्ष जानकारी लिन स्टिल प्याक्ट्री को अवलोकन गरेका उनले औद्योगिकीकरणलाई तीव्रता दिन आवश्यक नीतिगत सुधार तथा पूर्वाधार निर्माणका विषयमा उद्योगपतिहरूसँग छलफल गरेको मन्त्रीको सचिवालयले जनाएको छ । छलफलका क्रममा मन्त्री भण्डारीले उद्योग सम्बन्धी नीतिगत सुधार गर्ने प्रतिवद्धता व्यक्त गरे । उद्योगमैत्री नीति बनाउने बताउदै उनले आगामी वजेट उद्योगीको हकहितमा विननियोजन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

यसैगरी उनले लक्ष्मी ह्युन्डाइ एसेम्बलिङ्ग प्लान्टको अवलोकन गरे। अवलोकनको क्रममा स्वदेशमै सवारी साधन एसेम्बल गरी आयात प्रतिस्थापन गर्नुपर्नेमा जोड दिएका उनले नेपालमा गाडी निर्माण तथा एसेम्बलिङ उद्योगको विस्तारले देशको औद्योगिक विकासलाई थप गति दिने विश्वास व्यक्त गरे ।

images
images

प्रतिक्रिया दिनुहोस्