images
images
images

वाइ वाइ र एपीएफ फुटबल क्लबबीच सम्झौता

images

काठमाडौँ । सीजी फुड्स नेपाल लिमिटेडले सशस्त्र प्रहरी बल, नेपालको महिला फुटबल टिमसँग एक वर्ष सहकार्य गर्ने भएको छ ।

सीजी फुड्स नेपाल लिमिटेड र नेपाल एपीएफ फुटबल क्लब बीच एक वर्षका लागि सह–प्रायोजन गर्न सम्झौता भएको छ। सशस्त्र प्रहरी बल, नेपालको महिला फुटबल टिमसँग सहकार्य गर्दै वाइ वाइले आज उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेको हो ।

images
images

सम्झौतापत्रमा एपीएफ क्लबका अध्यक्ष सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक विकास घिमिरे र सीजी फुड्स नेपाल लिमिटेडका सहायक महाप्रबन्धक सुरेन्द्र खनालले हस्ताक्षर गरेका छन्।
सम्झौता हस्ताक्षर कार्यक्रम नेपाल एपीएफ क्लबको आयोजनामा सम्पन्न भएको थियो।

वाइ वाइले फुटबल, क्रिकेट लगायत देशका विभिन्न खेलकुदको प्रवर्द्धन गर्दै आइरहेको छ। यस सहकार्यले महिला फुटबलको विकासमा  मद्दत पुर्‍याउने विश्वास गरिएको छ।

images
images

प्रतिक्रिया दिनुहोस्