images
images
images

जनवरीमा दक्षिण कोरियाको बेरोजगार दाबी घट्यो

images

काठमाडौँ ।  दक्षिण कोरियाको व्यापार सेवा, स्वास्थ्य तथा सार्वजनिक प्रशासन क्षेत्रमा रोजगारीको अवसर सिर्जना भएसँगै गत महिनाको बेरोजगारी दरको दाबीमा कमी आएको सरकारी तथ्याङ्कले देखाएको छ ।

सोमबार त्यहाँकोे रोजगार तथा श्रम मन्त्रालयले दिएको जानकारी अनुसार गत वर्षको सोही महिनाको तुलनामा यो वर्ष रोजगारीका लागि नयाँ आवेदन दिनेको सङ्ख्या ७.९ प्रतिशतले घटेको छ । जनवरीमा रोजगारीका लागि नयाँ आवेदन दिनेको सङ्ख्या १ लाख ८६ हजार पुगेको छ ।

images
images

गत वर्ष रोजगारीका लागि नयाँ आवेदन दिनेको सङ्ख्या अक्टोबरमा १२.४ प्रतिशत, नोभेम्बरमा २.२ प्रतिशत र डिसेम्बरमा ९.० प्रतिशतले वृद्धि भएको थियो । व्यावसायिक, स्वास्थ्य तथा कल्याण र सार्वजनिक प्रशासन क्षेत्रमा कामका लागि आवेदन दिनेको संख्यामा कमी आएको तर, निर्माण र उद्योगमा क्षेत्रमा भने यो दरमा सामान्य वृद्धि भएको तथ्यांकमा देखिएको छ।

दक्षिण कोरियामा बेरोजगारहरूलाई रोजगारी प्रदान गर्न सरकारले सहयोग प्रदान गर्छ र यो राज्यको रोजगार बीमा कोषद्वारा वित्त पोषित छ। जनवरीमा रोजगारीको लाभ प्राप्त गर्नेहरूको सङ्ख्या कुल ६ लाख रहेको थियो र यो अघिल्लो वर्षको तुलनामा २.३ प्रतिशतले कम हो।

रोजगारीको खोजीमा रहेका व्यक्तिहरूको कुल भुक्तानी ३.८ प्रतिशतले बढेर ९७४.७ बिलियन वोन (६७०.१ मिलियन अमेरिकी डलर) पुगेको छ।

images
images

प्रतिक्रिया दिनुहोस्

images
Hulaki Pati
images
SKIP THIS