images
images
images

अब कुमारी बैंकका ग्राहकले पाउनेछन् अप्टिक आइजबाट विशेष छुट

images

काठमाडौँ ।  कुमारी बैंक लिमिटेड र अप्टिक आइजबिच कुमारी बैंकका ग्राहकलाई विभिन्न सेवामा विशेष छुट प्रदान गर्ने सम्बनधमा सम्झौता भएको छ ।

सम्झौता बमोजिम अप्टिक आइजबाट कुमारी बैंकका ग्राहकले फ्रेम र सनग्लासहरुमा १५ प्रतिशत, आँखा जाँचको ओपीडी टिकटमा १० प्रतिशत, ब्रान्डेड फ्रेममा १० प्रतिशत, ब्रान्डेड लेन्स, कन्ट्याक्ट लेन्स, पे्रस्क्रिप्शन लेन्स, प्रोग्रेसिभ लेन्स, कन्ट्याक्ट लेन्स सोलुसनमा ५ प्रतिशतसम्म छुट पाउने छन् । यसैगरी, अप्टिक आइजले चश्माको सामान्य मर्मत तथा परामर्श निःशुल्क गरिदिने भएको छ ।

images
images

विगत २३ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिँदै आएको कुमारी बैंकले वित्तिय साक्षरता प्रवद्र्धन गर्दै आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ्ग इकाईहरुमार्फत ग्राहकवर्गलाई प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ । बैंकले आगामी दिनमा अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

images
images

प्रतिक्रिया दिनुहोस्