images
images
images

श्रीचिनारी आधारभूत विद्यालयका विद्यार्थीलाई सानिमाले गर्यो न्यानो लुगा वितरण

images

काठमाडौँ । सानिमा बैंले खाँडाचक्र नगरपालिका–१ कोइरेलगाउँ स्थित श्रीचिनारी आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो लुगा वितरण गरेको छ।

बैंकका मान्म शाखाका कर्मचारीले विद्यालय पुगेर विद्यार्थीलाई लुगा हस्तान्तरण गरेका हुन्। चिसो मौसमका पठनपाठनमा असर परेको देखेकाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यार्थीलाई न्यानो लुगा वितरण गरेको बैंकका प्रमुख निक्षेप अधिकृत हेमराज सञ्ज्यालले जानकारी दिए।

images
images

बैंकले भविष्यमा पनि शिक्षा, स्वास्थ्य, वित्तीय साक्षरता लगायत अन्य विभिन्न क्षेत्रहरुमा जनतालाई प्रत्यक्ष फाइदा हुने गरी समाजमा सकारात्मक सन्देश प्रवाह हुने किसिमका कार्यक्रम गर्ने योजना रहेको उल्लेख गरेको छ ।

सानिमा बैंकको सातै प्रदेशमा सानिमा बैंकको १३४ वटा कार्यालय र १२५ वटा एटीएम सञ्चालनमा छन्।

 

images
images

प्रतिक्रिया दिनुहोस्