images
images
images

विदेश पठाइदिन्छु भन्दै ७१ लाख ठगी गर्ने दुई जना पक्राउ

images

भक्तपुर। आकर्षक तलबको प्रलोभनमा पार्दै क्यानाडा, अजरबैजान र मोरिसस पठाइदिन्छु भन्दै १४ जनालाई ठगी गरेको आरोपमा जिल्ला प्रहरी परिसर भक्तपुरले आज दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका–७ घर भई हाल चाँगुनारायण नगरपालिका–२ दुवाकोट बस्ने ४१ वर्षीय गणेशबहादुर थापा र काभ्रेपलान्चोक नमोबुद्ध नगरपालिका–४ काफ्लेचोक घर भई हाल काभ्रेपलान्चोक बनेपा नगरपालिका–६ बस्ने ३९ वर्षीय दिनेशप्रसाद अधिकारी रहेका प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक ढुण्डिराज नेउपानेले जानकारी दिए। लामो समयदेखि विदेश पठाइदिन्छु भन्दै झुक्याउँदै आएका र पछि सम्पर्कमा नआएपछि १४ जना पीडितले दिएको जाहेरीका आधारमा प्रहरीले थापा र अधिकारीलाई पक्राउ गरेको उनले बताए।

images
images

प्रनाउ न्यौपाने अनुसार अनुसन्धानका क्रममा १४ जना बेरोजगार युवाबाट  ७१ लाख ७० हजार ठगी गरेको पाइएको छ । उनले भने , ‘पक्राउ परेको दुवैलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को ठगीसम्बन्धी कसुरको दफा १४\ ६० बमोजिम जिल्ला अदालत भक्तपुरबाट पाँच दिन म्याद लिएर हिरासतमा राखी अनुसन्धान अगाडि बढाइएको छ ।’ प्रहरीले थापा र अधिकारीबाट अरु ठगीमा परेका भए भक्तपुर प्रहरीमा आएर जाहेरी दिन आह्वान गरेको छ ।

images
images

प्रतिक्रिया दिनुहोस्