images
images
images

नुवाकोटमा लायन्स क्लबको निशुल्क स्वास्थ्य शिविर

images

नुवाकाेट। नुवाकोटको बेलकोटगढी नगरपालिका–३ मा लायन्स क्लब अफ काठमाडौं सिद्धार्थ एभरग्रीन, बिष्णुमति, इनोभेशनको संयुक्त आयोजनामा पाठेघरको मुखको क्यान्सर सम्बन्धी निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।

लायन्स क्लबकी अध्यक्ष कल्पना बस्नेतले महिलाको स्वास्थ्यलाई प्राथमिकता दिँदै क्लबले समाजसेवाका कार्यक्रमलाई निरन्तरता दिने बताइन्। वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा। प्रनिश पोख्रेलका अनुसार पाठेघरको मुखको क्यान्सरको समयमै पहिचान र रोकथाम आवश्यक छ। शिविरमा २५० भन्दा बढी महिलाको स्वास्थ्य परीक्षण गरिएको थियो।

images
images

शिविर सफल बनाउन लायन्स क्लबका पदाधिकारी, स्थानीय सरकार, स्वास्थ्यकर्मी तथा ई(ग्लोबल एजुकेशन कन्सल्टेन्सीको योगदान रहेको थियो। आयोजकहरूले आगामी दिनमा पनि यस्ता कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। बागमती प्रदेश स्वास्थ्य नीति तथा योजनाका विज्ञ डा. दुर्गा मिश्र ,सिद्धार्थ एभरग्रीनका सदस्यहरू, नर्सिङ अधिकृत शान्ता सापकोटा र प्यारामेडिक बबिता बस्नेतको समेत सक्रिय सहभागिता रहेको थियो।

images
images

प्रतिक्रिया दिनुहोस्