images
images
images

लोकप्रिय तयारी चाउचाउ वाइवाइको उत्पादन अब सिजिआईपीबाट गरिने

images

काठमाडौं । नेपालको सबैभन्दा लोकप्रिय तयारी चाउचाउ ब्रान्ड वाइवाइको पहिलो उत्पादन केन्द्र सारिएको छ । ललितपुरको भैसेपाटीमा चार दशकदेखि सञ्चालनमा रहेको मुख्य फ्याक्ट्री अब नवलपरासीस्थित सीजी इन्डस्ट्रीयल पार्क (सिजिआईपी) मा सारिएको छ।

वाइवाइका प्रमुख कार्यकारी अधिकृत प्रदीप पुडासैनीका अनुसार फ्याक्ट्री सार्नुको प्रमुख कारण श्रमिकको ससम्मान व्यवस्थापन र सरोकारवालाबीच आपसी समझदारी तथा लिखित सहमतिमा पूरा भएको हो ।

images
images

सन् १९८४ मा स्थापना भएको भैसेपाटीको वाइवाइ फ्याक्ट्री नेपालको तयारी चाउचाउ उत्पादन केन्द्रहरूमध्ये एक हो। स्थापना भएको समयमा भैसेपाटी खुला क्षेत्र रहेकाले औद्योगिक गतिविधि सहज रूपमा सञ्चालन गर्न समस्या नभएपनि विस्तारै आवासीय क्षेत्र बन्न पुगेपछि औद्योगिक उत्पादनलाई निरन्तरता दिन असहज भएको पुडासैनीले बताए । ‘स्थापना भएको समयमा भैसेपाटी खुला क्षेत्र थियो, जहाँ औद्योगिक गतिविधि सहज रूपमा सञ्चालन गर्न सकिन्थ्यो। समयक्रमसँगै यो क्षेत्र उच्च जनघनत्व भएको आवासीय क्षेत्रमा परिणत भयो, जसले औद्योगिक उत्पादनलाई निरन्तरता दिन कठिन बनायो र हामी यस ऐतिहासिक फ्याक्ट्रीलाई स्थानान्तरण गर्ने निर्णयमा पुग्यौं,’ पुडासैनीले भने ।

केही समयदेखि स्थानीय बासिन्दा तथा सामाजिक क्षेत्रबाट वातावरणीय प्रदूषण, ध्वनि प्रदूषण, तथा औद्योगिक गतिविधिहरूको प्रभाव सम्बन्धी चिन्ताहरू आउन थालेसँगै वाइवाइले सरोकारवालाको चिन्तालाई गम्भीर रूपमा लिँदै वातावरणीय सन्तुलन कायम राख्ने प्रतिबद्धताका साथ वाइवाइ व्यवस्थापनले स्थानान्तरणको निर्णय लिएको जनाएको छ।

फ्याक्ट्री स्थानान्तरणका क्रममा कुनै पनि श्रमिकलाई असहज स्थिति नहोस् भन्ने उद्देश्यले कम्पनीले विशेष प्रोत्साहन प्याकेजको व्यवस्था गरेको बताएको छ । साथै, इच्छुक कर्मचारीहरूका लागि वाइवाइका काठमाडौंबाहिर रहेका अन्य प्लान्ट तथा अफिसहरूमा रोजगारीको अवसर खुला गरिएको छ। व्यवस्थापनका ‘यस प्रक्रियाले कम्पनीभित्रको कार्य वातावरणलाई अझ सुदृढ बनाउनेछ। ‘सम्पूर्ण कर्मचारीहरुको उचित व्यवस्थापन पश्चात लिखित सहमतिमा नै यस फ्याक्ट्रीलाई स्थानान्तरण गरिएको हो’ पुडासैनीले बताए ।

नवलपरासीमा स्थानान्तरण भएको नयाँ फ्याक्ट्री उच्च नविनतम प्रविधियुक्त उत्पादन प्रणालीमा अपग्रेड गरि सञ्चालनमा ल्याइएको छ। चौधरी ग्रुपले नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धात्मक उत्पादन सुनिश्चित गर्न प्रविधिमा थप लगानी गरिरहेको जनाएको छ ।

मुख्य फ्याक्ट्री सारिएपछि वाइवाइ ब्रान्डलाई अझ विस्तार गर्न, उत्पादन क्षमतामा वृद्धि गर्न, तथा गुणस्तरमा सुधार ल्याउन टेवा पुग्ने कम्पनीको विश्वास छ। नेपालकै सबैभन्दा सफल एफएमसीजी ब्रान्डमध्ये एक वाइवाइले आफ्नो उत्पादनलाई सुदृढ गर्दै विश्व बजारमा अझ मजबूतीका साथ प्रतिस्पर्धा गर्ने लक्ष्य राखेको जनाएको छ ।

images
images

प्रतिक्रिया दिनुहोस्