images
images
images

सप्तरीको नमोवुद्धलाई सहिद भीमनारायण गोल्डकपको उपाधी

उदयपुरको गाईघाट फुटवल क्लवलाई पेनाल्टी सुटआउटमा ५–३ गोलअन्तरले पराजित गर्दै सप्तरीको नमोवुद्ध युथ क्लवले १७ औं संस्करणको सहिद भीमनारायण गोल्डकपको उपाधी जितेको छ ।

images

धनकुटा । सप्तरीको नमोवुद्ध युथ क्लवले १७ औं संस्करणको सहिद भीमनारायण गोल्डकपको उपाधी जितेको छ । धनकुटा सदरमुकामस्थित तल्लो टुँडिखेलमा शनिवार सम्पन्न फाइनल खेलमा उदयपुरको गाईघाट फुटवल क्लवलाई पेनाल्टी सुटआउटमा ५–३ गोलअन्तरले पराजित गर्दै नमोवुद्धले उपाधी जितेको हो ।

निर्धारित समय २÷२ गोलको वरावरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । पेनाल्टी सुटआउटमा नमोवुद्धको तर्फबाट विवेक राई, हेमन्त भूजेल, प्रवेश दनुवार, सनम धिमाल र आयुष मगरले गोल गरेका थिए । गाईघाटको तर्फबाट निश्चल मोक्तान, आकाश राई, प्रविन राईले गोल गरे । धिरेन क्षेत्रीको प्रहार नमोवुद्धका गोलकिपर रविन वस्नेतले रोकेका थिए । उपाधी सँगै नमोवुद्धले नगद ४ लाख ९९ हजार ९ सय ९९ रुपैया सहित ट्रफी हात पारेको छ । भने उपविजेता गाइईघाटले नगद २ लाख ५० हजार रुपैया र ट्रफीमा चित्त वुझाएको छ ।

images
images

खेलको ४० औं मिनेटमा राज भुषालले गोल गर्दै नमोवुद्धलाई सुरुवाती अग्रता दिलाएका थिए । एक मिनेट वित्न नपाउँदै ४१ औं मिनेटमा गाईघाटका आकाश राईले गोल गर्दै खेल वरावरीमा ल्याए । तर ४४ औं मिनेटमा क्षितिज भण्डारीले गोल गर्दै नमोवुद्धलाई २–१ को अग्रता दिलाए । खेलको ८३ औं मिनेटमा उदयपुरका अशिम राईले गोल गर्दै खेललाई बरावरीमा ल्याए । त्यसपछि निर्धारित समय भित्र दुवै टिमको गोल हुन सकेन । खेल २/२ गोलको वरावरीमा सम्पन्न भयो ।

फाइनल खेलको म्यान अफ द म्याच नमोवुद्धका गोलकिपर रविन वस्नेत घोषित नगद ५ हजार ५ रुपैया प्राप्त गरे । विधागत तर्फको पुरस्कार नमोवुद्धका खेलाडीको वर्चश्व रह्यो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी नमोवुद्धका राज भुषाल घोषित हुँदै नगद १७ हजार ५ सय ५५ रुपैया प्राप्त गरे । त्यस्तै नमोवुद्धकै आयुष मगर उत्कृष्ट डिफेन्डर, उकृष्ट मिडफिल्डर विवेक राई, उत्कृष्ट प्रशिक्षक सुरेश लामा घोषित हुँदा गाईघाटका विदेशी खेलाडी फोफाना उत्कृष्ट स्टाइकर घोषित भए । विधागत तर्फका उत्कृष्ट खेलाडीहरुले जनही ७ हजार ५ सय ५५ रुपैया र ट्रफी प्राप्त गरेका थिए । विजेता तथा उपविजेता टिमलाई प्रमुख अतिथि धनकुटा नगरपालिका नगर प्रमुख चिन्तन तामाङ, पाख्रिवास नगरपालिका नगरप्रमुख ज्ञानबहादुर गुरुङ, सहिदपुत्रद्वय मनोहरनारायण श्रेष्ठ, मनोजनारायण श्रेष्ठ लगायतले पुरस्कार वितरण गरेका थिए ।

२०५५ सालमा सुरु भएको यो प्रतियोगिताको यो १७ औ संस्करण हो । प्रतियोगितामा ८ टिमको सहभागिता रहेको थियो । शहीद भीमनारायण श्रेष्ठलाई विराटनगरमा राजा विरेन्द्रलाई बम हानेको आरोपमा पक्राउ गरि २०३५ सालमा तत्कालिन सरकारले गोली हानी हत्या गरेको थियो । उनलाई तत्कालीन् सरकारले २०७३ सालमा राष्ट्रिय सहिद घोषणा गरेको थियो । उनकैको सम्झनामा हरेक वर्ष प्रतियोगिता संचालन हुँदै आइरहेको छ ।

 

images
images

प्रतिक्रिया दिनुहोस्