images
images
images

रारा फुटवल क्लव र पाथिभरा फुटवल क्लव विजयी हुँदै सेमिफाइनलमा

उद्घाटनको दिन सम्पन्न दुई खेलमा विजयी हुँदै भेडेटारको पाथिभरा फुटवल क्लव र राजारानीको रारा फुटवल क्लव प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

images

धनकुटा । साँगुरीगढी गाउँपालिका वडा नं. ४ मा आजदेखि सुरु भएको छैठौं फाक्सिव गोल्डकप आमन्त्रित पुरुष फुटवल प्रतियोगिताको उद्घाटन खेलमा राजारानीको रारा फुटवल क्लव र भेडेटारको पाथिभरा फुटवल क्लवले विजयी सुरुवात गरेको छ ।

फाक्सिव खेल मैदानमा सम्पन्न पहिलो खेलमा रारा फुटवल क्लवले पिङवुङ फुटवल क्लवलाई ४–२ गोलअन्तरले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको छ । त्यस्तै आजै सम्पन्न दोस्रो खेलमा डाँडाबजार फुटवल क्लवलाई सडन डेथ (पेनाल्टी सुटआउट) मा १२–११ गोलअन्तरले पराजित गर्दै पाथिभरा फुटवल क्लव पनि सेमिफाइनलमा प्रवेश गरेको छ ।

images
images

फाक्सिव फुटवल क्लवको आयोजनामा सुरु भएको प्रतियोगिताको समुद्घाटन प्रमुख अतिथि साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईले गरेका थिए ।

आयोजक सहित आठ टिमको सहभागिता रहेको प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय ११ रुपैया नगद सहित ट्रफी र मेडल प्राप्त गर्नेछ । त्यस्तै उपविजेता हुने टिमले नगद ६६ हजार ६ सय ६६ रुपैया सहित ट्रफी र मेडल प्राप्त गर्ने आयोजक फाक्सिव फुटवल क्लवका अध्यक्ष पुजन आङ्लाले बताए । हरेक खेलमा म्यान अफ द म्याच र विधागत रुपमा उत्कृष्ट हुने खेलाडीहरुलाई पुरस्कारको व्यवस्था गरिएको छ ।

प्रतियोगिता आगामी २०८२ वैशाख २ गतेसम्म संचालन हुने प्रतियोगितालाई भव्य रुपमा संचालन गर्न साँगुरीगढी गाउँपालिका, ४ नं. वडा कार्यालय सहित देश तथा विदेश रहेका नेपालीहरुले आर्थिक सहयोग गरेका छन् ।

प्रतियोगिताको मिडिया पार्टनरमो रुपमा हुलाकी पाटी अनलाइन न्यून पोर्टल र मेरो गन्तव्य रहेको छ । हरेक खेलको मेरो गन्तव्यले प्रत्यक्ष प्रशारण गर्नेछ ।

images
images

प्रतिक्रिया दिनुहोस्