images
images
images

उपाधिका लागि आयोजक र केरावारी फुटवल क्लव प्रतिस्पर्धा गर्दै

images

धनकुटा । चौविसे गाउँपालिका वडा नं. ६ हात्तिटारमा जारी तेस्रो जय दगलसिंह शिखरपुर गोल्डकपको फाइनल खेल आज अर्थात नयाँ वर्ष २०८२ सालको पहिलो दिन वैशाख १ गते सोमवार हुँदैछ । उपाधिका लागि आयोजक हात्तिटार स्पोट्स  क्लव र मोरङको केरावारी फुटवल क्लव वीच प्रतिस्पर्धा हुँदैछ ।

फाइनल खेल हात्तिटार खेल मैदानमा दिउँसाे २ बजे देखि सुरु हुनेछ । प्रतियोगिताको विजेताले नगद १ लाख ५० हजार रुपैया सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छ । भने उपविजेता हुने टिमले नगद ७५ हजार रुपैया सहित ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने आयोजक हात्तिटार स्पोट्र्स क्लवका अध्यक्ष रत्नबहादुर राईले बताए । विधागत रुपमा उत्कृष्ट हुने खेलाडीहरुलाई पुरस्कारको व्यवस्था गरिएको छ ।

images
images

हिजो सम्पन्न पहिलो सेमिफाइनल खेलमा केरावारी फुटवल क्लवले पंचकन्या फुटवललाई १–० गोलअन्तरले पराजित गरेको थियो । भने दोस्रो सेमिफाइनल खेलमा आयोजक हात्तिटार स्पोट्र्स क्लवले सुनसरीको तालतलैया फुटवल क्लवलाई पेनाल्टी सुटआउटमा ५–४ गोलअन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको थियो ।

दुवै टिम जितको खोजिमा हुनेछन् । आयोजक टिमलाई घरेलु मैदानमा उपाधि जित्ने दवाव छ । भने केरावारी फुटवल क्लवलाई नयाँ वर्षको पहिलो दिन उपाधि जितेर घर फर्किने योजनामा छ ।

प्रतियोगिता संचालनको लागि १४ लाख रुपैया खर्च हुने अनुमान गरिएको छ । प्रतियोगितामा ८ टिमको सहभागिता रहेको थियो ।

सहयोगी संस्थाको रुपमा चौविसे गाउँपालिका रहेको प्रतियोगितालाई प्रायोजक हिमालय ब्रुवरी लिमिटेडले गरेको छ । इन्टरनेट पाट्नर ईलिङ नेट प्रा.लि र मिडिया पाट्नरको रुपमा मेरो गन्तव्य र हुलाकीपाटी अनलाइन न्यूज पोर्टल रहेको छ । सम्पूर्ण खेलको प्रत्यक्ष प्रशारण मेरो गन्तव्य फेसवुक पेज र यूट्यूवबाट भइरहेको छ ।

 

images
images

प्रतिक्रिया दिनुहोस्