धनकुटा । तेस्रो जय दगलसिंह शिखरपुर गोल्डकपको उपाधी आयोजक हात्तिटार स्पोट्र्स क्लवले जितेको छ । चौविसे गाउँपालिका वडा नं. ६ शिखरपुरस्थित हात्तिटार खेल मैदानमा सम्पन्न फाइनल खेलमा मोरङको केरावारी फुटवल क्लवलाई ३–० गोलअन्तरले पराजित गर्दै आयोजकले उपाधी जितेको हो ।
हात्तिटारको जितमा सुरेन्द्र लिम्बु, तपर्ण कार्की र विरेन लिम्बुले गोल गरेका थिए । खेलको २३ औं मिनेटमा डिवक्स एरियावाट सुरेन्द्र लिम्बुले उत्कृष्ट गोल गरे । डिवक्स एरिया बाहिरवाट सुरेन्द्रले गरेको प्रहार सोझै गोलमा परिणत भएको थियो । विपक्षी गोलकिपर पूर्ण चेम्जोङले रोक्ने कुनै अवसर पाएनन् । त्यस्तै खेलको ५० औं मिनेटमा तपर्ण कार्कीले सुन्दर गोल गरे । हात्तिटारका कप्तान वुद्ध चेम्जोङले फ्रिकिक प्रहारलाई विपक्षी गोलकिपरले रोक्दै रिवाउण्ड भएको वललाई तर्पणल जाली चुमाएका थिए । हात्तिटारका विरेन लिम्बुले ६३ औं मिनेटमा गोल गर्दै हात्तिटारको जित सुनिश्चित गराए ।
विजेता वनेको हात्तिटारले नगद १ लाख ५० हजार रुपैया सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता वनेको केरावारी फुटवल क्लवले नगद ७५ हजार रुपैया सहित ट्रफी र प्रमाण पत्रमा चित्त वुझाएको छ ।
फाइनल खेलको म्यान अफ द म्याच आयोजक टिमका सुरेन्द्र लिम्बू घोषित भए । उनले नगद २ हजार १ सय रुपैया प्राप्त गरे । प्रतियोगिताका उत्कृष्ट गोलकिपर हात्तिटारका मनिष लिम्बू, उत्कृष्ट डिफेन्डर रविन लिम्बू, घोषित भए । प्रतियोगिताको सर्वाेकृष्ट खेलाडी हात्तिटारका धिरज विक घोषित भए ।
विजेता तथा उपविजेता टिमलाई चाैविसे गाउँपालिका अध्यक्ष राजकुमार चेम्जोङ, जिल्ला फुटवल संघ धनकुटाका अध्यक्ष मणि चेम्जोङ, उपाध्यक्ष मणि देवान लगायतले पुरस्कार वितरण गरेका थिए ।
हात्तिटार स्पोट्र्स क्लवको आयोजनामा गत चैत्र २९ गते देखि संचालन भएको प्रतियोगितामा आयोजक सहित आठ टिमको सहभागिता रहेको थियो । सहयोगी संस्थाको रुपमा चौविसे गाउँपालिका रहेको प्रतियोगितालाई प्रायोजक हिमालय ब्रुवरी लिमिटेडले गरेको छ । इन्टरनेट पाट्नर ईलिङ नेट प्रा.लि र मिडिया पाट्नरको रुपमा मेरो गन्तव्य र हुलाकीपाटी अनलाइन न्यूज पोर्टल रहेको थियो । प्रतियोगिताको सम्पूर्ण खेलको प्रत्यक्ष प्रशारण मेरो गन्तव्य फेसवुक पेज र यूट्यूवबाट भएको थियो ।



हुलाकी पाटी 













प्रतिक्रिया दिनुहोस्