images
images
images

वर्षाका कारण फाक्सिव गोल्डकपको फाइनल खेल स्थगित, भोलि हुँदै

images

धनकुटा । वर्षााका कारण छैठौं फाक्सिव गोल्डकप आमन्त्रित पुरुष फुटवल प्रतियोगिताको फाइनल खेल स्थगित भएको छ । भारी बर्षाले मैदान हिलाम्ये भएपछि फाइनल खेल स्थगित गरिएको आयोजक फाक्सिव फुटवल क्लवका अध्यक्ष पुजन आङ्लाले बताए । बर्षाले स्थगित भएको फाइनल खेल भोलि बुधवार संचालन हुने अध्यक्ष आङ्लाले बताए ।

प्रतियोगिताको उपाधिका लागि पाथिभरा फुटवल क्लव र रारा फुटवल क्लव प्रतिस्पर्धा गर्दै थिए । सेमिफाइनल खेलमा विजयी हुँदै यी दुई टिम फाइनल प्रवेश गरेका हुन् ।

images
images

पहिलो सेमिफाइनल खेलमा राजारानीको रारा फुटवल क्लवले वुढिमोरङको संजीवनी फुटवल क्लवलाई २–१ गोलअन्तरले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको थियो । भने दोस्रो सेमिफाइनल खेलमा भेडेटारको पाथिभरा फुटवल क्लवले मौनावुधुकको सिसिडिआइसीलाई ३–० गोल अन्तरले पराजित गदै फाइनल यात्रा तय गरेको थियो ।

प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय ११ रुपैया नगद सहित ट्रफी र मेडल प्राप्त गर्नेछ । त्यस्तै उपविजेता हुने टिमले नगद ६६ हजार ६ सय ६६ रुपैया सहित ट्रफी र मेडल प्राप्त गर्नेछन् ।

विधागत रुपमा उत्कृष्ट हुने खेलाडीहरुलाई पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिता संकलनको लागि साँगुरीगढी गाउँपालिका, ४ नं. वडा कार्यालय सहित देश तथा विदेश रहेका नेपालीहरुले आर्थिक सहयोग गरेका छन् । प्रतियोगिताको मिडिया पार्टनरको रुपमा हुलाकी पाटी अनलाइन न्यून पोर्टल र मेरो गन्तव्य रहेको छ । हरेक खेलको मेरो गन्तव्यले प्रत्यक्ष प्रशारण गर्नेछ ।

images
images

प्रतिक्रिया दिनुहोस्